अवको विकल्प आन्तरिक पर्यटन

काठमाडौं–कोरोनाको कहर बढ्दो छ । यसबीचमा पूरै विश्वभरका देशहरु यसबाट जुँध्न विभिन्न प्रयासहरु गरिरहेका छन् । लामो समयदेखि लकडाउन हुँदा पूरै विश्वको अर्थतन्त्र तहसनहस बनेको छ ।
मानिसहरुको दैनिकी अस्तव्यस्त बनेको छ । यही कारण संक्रमणको दर उच्च रहे पनि सरकारहरुले विभिन्न चरणमा लकडाउन खोल्ने योजना बनाउँन थालेका छन् ।

सोही अनुसार नेपालमा पनि विभिनन चरणम गरी साउनसम्म लकडाउन पूर्ण रुपमा खोल्ने तयारी गरिएको छ ।
लकडाउन खुले पनि अरु सबै कुरा सामान्य अवस्थामा आए पनि नेपालको एक क्षेत्र भने, माथि उस्किन निकै समय लाग्नेछ । त्यो हो नेपाली पर्यटन व्यवसाय । किनकी पर्यटन व्यवसाय सबैतिरको जनजीवन सामान्य नहुँदासम्म यसको चहलपहल बढ्नेछैन ।

आजको शृंखलामा हामीले गाँउ पर्यटन प्रर्वद्धन मञ्चका निर्वतमान अध्यक्ष कमल सापकोटासँग अबको विकल्प के त भन्ने विषयमा कुराकानी गरेका छौं । ।

आन्तरिक पर्यटक पहिलो विकल्प

अहिले सबैतिर आर्थिक गतिविधि अस्तव्यस्त बनेको छ । यो अझै एक वर्षसम्म लकडाउनकै स्थिति रह्यो भने, अर्को महामारी भोकमरी आउनेछ । तर, अहिले सबै देशका सरकारले विभिन्न चरणमा लकडाउन खोल्ने तयारी गरेका छन् ।

हाम्रो पर्यटन पनि माथि उस्किन धेरै समय लाग्नेछ । यसपटकका सबै सिजन हामीले गुमाइसक्यौं । अब पर्यटकीय गतिविधि हुने भनेको अर्को सिजनमै हो । तर, त्यतिबेला पनि भनेजस्तो विदेशी पर्यटक आउँदैनन् ।

किनकी विदेशीको हालत पनि अहिले विग्रेको छ । उनीहरुको अवस्था सुधार नहुँदासम्म हामीकहाँ घुम्ने आउँछन् भनेर अपेक्षा गर्ने अवस्था छैन । त्यसैले हाम्रो पहिलो विकल्प भनेकै आन्तरिक पर्यटन हो ।

अहिले सरकारले पनि आन्तरिक पर्यटन बृद्धिका लागि केही प्याकेज ल्याउने नीति तथा कार्यक्रममा समावेश गरेको छ । यो हाम्रो लागि केही खुसीको कुरा पनि हो । अब यसमा व्यवसायीहरुले विगतको भन्दा केही सहुलियत प्रदान गरेर आन्तरिक पर्यटकको चहलपहल बढाउनुपर्छ ।

व्यवसायीलाई सहुलियत

भ्रमण वर्षको पूर्वसन्ध्यामा खर्बौं लगानी गरेका पर्यटन व्यवसायी अहिले डुब्ने स्थितिमा छन् । उनीहरुलाई आफ्ना कर्मचारीलाई तलब खुवाउने, घरभाडा तिर्ने र बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

लकडाउन खुले पनि तत्कालै पर्यटन व्यवसाय सुचारु हुने अवस्थामा हुँदैन ।

त्यसैले सरकारले समान्य नहुँदासम्म बैंकको ब्याजदर, अनुदानमा सहुलियत, लकडाउन पूर्ण रुपमा नखुल्दासम्म बैंकको किस्ता होल्ड र अहिले तत्काल नयाँ लगानीलाई निरुत्साहित गर्नुपर्छ ।

भएका पुराना व्यवसायी नै डुब्न लागेको बेला नयाँ लगानी बढाउनु उचित हुँदैन ।

अहिलेको प्रमुख आवश्यकता पुरानो लागनी जोगाउनु नै हो । त्यसैले बरु सरकारले अहिलेका व्यवसायीलाई नै संस्था चलाउनका लागि सस्तो व्याजदरमा लोन प्रवाह गर्नुपर्छ ।

कर्मचारीलाई राहत र संरचना निर्माण

सरकारले यतिबेला सबैभन्दा महत्व दिनुपर्ने श्रमिकमध्ये पर्यटन मजदुर पनि एक हुन् । पर्यटकीय गतिविधि बन्द हुँदा अहिले व्यवसायीहरु ताला लगाएर बस्न बाध्य छन् । कमाइ नहुँदा मजदुरलाई नियमित राहत दिन पनि सकिएको छैन ।

एक सिजनमा काम गरेर वर्षभरी आफ्नो परिवार पाल्ने पर्यटन मजुरका लागि यो कोरोना कहर निकै सास्तीमय बन्दै गएको छ । यतिबेला सरकारले पर्यटन मजुरका लागि राहत उपलब्ध गराउन सकेको छैन ।

बरु केही कम्पनीले योदान दिनेछ, केही प्रतिशत सरकारले पनि सहयोग गर्नुपर्छ । हामीले सरकारलाई निःशुल्क पैसा देउ त भनेकै छैनौं । काम देउ भनेका छौं । यतिबेला पर्यटकीय क्षेत्रमा विभिन्न संरचना निर्माण गर्न सकिने छन् ।

पछि चहलपहल बढ्दा काम गर्न मुस्किल हुन्छ । त्यसैले यतिबेला हिमाल सफाई, नयाँ गन्तव्यको खोजी, पदमार्ग निर्माण, कामदार बस्ने सेल्टर निर्माण, बेस क्याम्पहरुमा सौचालय र हिमालमा रहेको फोहोर संकलन गर्ने अबको समय उपयुक्त हुनसक्छ ।

बरु सरकारले यतातिर ध्यान दिनसकेमा पर्यटन मजदुरले काम पनि पाउँछन् । र नयाँ संरचना विस्तार पनि हुन्छ । हिमाल सफा भएमा बाहिर सन्देश पनि राम्रो जान्छ


Facebook Comment


No ads found for this position