समाज कता गइरहेको छ ?

म र मेरो व्यवहार यही समाजको दर्पण
मनुष्य भै समाजिक जीवन प्रति को समर्पण

समाज बिनाको मनुष्य पशु तुल्य हुन्छ ,
बाँच्न त पशु पनि एक्लै कहाँ चाहन्छ र,
झुन्डमा रमाउने र एक्लै बस्ने पशु
पनि कहाँ एउटै हुन्छन् र ?

आदिकालदेखि चल्दै रहेको समाज,
समय सापेक्ष भइ चल्दै रहन्छ,
विगतको सोच र दर्शन विभिन्न कालखण्डमा बदलि रहन्छ ।।

बदलिँदो समाज, मानविय प्रवृति, सोच र व्यवहारले बदलि रहेछ ।,
आज भोलि जीवन पद्धतिको परिभाषा नै बेग्लै भएछ।
खै यो समाज कता गइरहेको छ ।।

राम्रा कुरा भन्दा हाम्रा कुरा ठुला छन्
आडमबरले भरिपूर्ण रितीरिवाज हाम्रा छ्न्
भावना ले भन्दा देखावटी नै छन् सारा।
खै यो समाजको के हो पारा ।।

समाजमा नायक र खलनायक छुट्टाउन नै गाह्रो।
हिजोका मुल्य मान्यता खोज्नु त अझैं झन् सारो ।
पूर्वीय भन्दा पश्चिमी दर्शन नै छ प्यारो ।

सफलताको मानक अझ बेग्लै भएछ
नैतिकता र दर्शन, मुख दर्शक भएछ‌
म को भन्दा कम छु भन्दै, अन्धोपनमा दौडी रहेछौ।
आर्थिक सम्पन्नता नै जीवनको अर्थ भएछ ।
सुख सम्रिद्धिको पर्यावाची भएछ ।।
खै यो समाज कता गइरहेको छ।।

के म आफै परिवर्तनको सम्वाहक बन्न सक्छु ,
के यस समाजलाई केहि फरक द्रष्टिकोण दिन सक्छु।,
यसै कसमकसमा बाँचिरहेछु, जीवनको वास्तविक मूल्य मान्यता खोजी रहेछु ।।

राम्रा सोच र व्यवहार यहि समाजका दर्पण
मनुष्य जीवन त्यसै प्रतिको समर्पण

हीक्मतसिंह ऐर


Facebook Comment


No ads found for this position