पर्यटनलाई खोई प्राथमिकता ?

माया गुरुङ
२०७२ सालको महा भूकम्पले तहस नहस भएको पर्यटन छेत्र बल्ल बल्ल बामे सर्दै थियो फेरि एकपटक नराम्रोसँग ढलिएको अवस्थामा छ । हुन त हाम्रो देशमा मात्र होइन विश्व नै आक्रान्त बनेको छ कोरोना कोभिड–१९ ले । तर, हाम्रो जस्तो गरिब मुलुक र गरिब जनतालाई यसले धेरै नै नकारात्मक असर पारिरहेको छ । पश्चिमी देशहरो जस्तो आफ्नो जनतालाई राहत दिने हैसियत हाम्रो सरकार संग छैन तेसैले रोग र भोग संग लड्नु नै आजको चुनौती हो ।

यस महामारीले सबै छ्रेत्रलाई उत्तिकै छोएको छ । तर, यसको मतलव डराएर घर भित्र बस्नु मात्र होइन न त समस्या को समाधान नै हो । नेपाल सरकारले भने जस्तै सामाजिक दूरी कायम गर्ने, सफा साबुन पानीले हात घुने , सफाइमा ध्यान दिने आफ्नने सुरक्षा आफैं गर्ने जस्ता काम गर्नुपर्छ र साथ साथै आयआर्जनको काम पनि सुरु गर्नुपर्छ नत्र रोग लाग्नु भन्दा पहिले भोगले मान्छे मर्नेछन् ।
महा भूकम्पपछि अर्थात् संघीय सरकार बनेपछि पहिलो पटक सरकारले पर्यटन प्रवद्र्धनको लागि भनेर भ्रमण वर्ष २०२० को योजना गरेको थियो भने २० लाख पर्यटक भित्र्याउने उद्देश्य राखेका थिए ।

देशका तीनै तह तप्कामा पर्यटनका लहर छाएको थियो भने स्थानीय जनप्रतिनिधिहरू पनि निकै सक्रिय र उत्साहित भएका थिए आ–आफ्नो ठाउँ बनाउनलाई । तर, सपना सबै उडायो हुरीले भने जस्तै लगभग पर्यटन छेत्र केही समयको लागि थला परेकै हो तर क गर्ने त ?


बर्सेनि करौडौं राजश्व यस पर्यटन छेत्रबाट मात्रै नेपाल सरकारलाई जाने गर्छ । तर, यसको पूर्वाधार विकास तथा राष्ट्रिय, अन्तर्रास्ट्रिय स्तरमा प्रचार प्रसार भने कम भएको पाइन्छ । हामीसँग भएको धेरै पुरानो गन्तव्यहरु बाहेक नयाँ गन्तव्यको खोजी कार्य पनि एकदम न्यून छ । पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मको ग्रेट हिमालयन ट्रेल विश्वकै लामो तथा उच्च ट्रेक्किङ ट्रेल हो । यसलाई हामीले अन्तर्राष्ट्रिय बजारमा लैजान सकिरहेको छैन ।

यसैगरी भन्ने हो भने नेपालमा ८ हजार मिटरभन्दा माथि विश्वको सर्वाच्व शिखर सगरमाथालगायत ८ वटा हिमाल नेपालमै छन् । ७ हजार मिटरभन्दा माथि ७२ वटा हिमाल आरोहणको लागि नेपाल सरकारले खुला गरेको छ । त्यसैगरी ५ हजार ६ हजार मिटरका हिमाल हामीकहाँ टन्नै छन् र कति हिमालहरु आरोहणका लागि खुला गरिए पनि प्रवद्र्धन गर्न नसक्दा ओझेलमा परेका छन् ।
विश्वका अन्य महादेशमा हेर्ने हो भने, यूरोप, अफ्रीका, अस्ट्रेलिया अन्टार्कटिका जस्तो ठाउँमा पनि ६ हजार मिटरसम्मको पिक पनि छैन ।

त्यसैले हामीकहाँ राम्रो अवसर छ र हामी हाम्रो हिमाललाई विश्व बजारमा चिनाउन सक्छौं । विश्वमा कहीँ नभएका चिजहरु हाम्रो देशमा छन् । जस्तै, प्राकृतिक मनोरम, उच्च हिमालय, अद्यात्मिक, सांस्कृतिक मठ मन्दिर आदिलाई चिनाउने हो भने नेपाली अर्थतन्त्र बलियो बन्न सक्छ ।
हामीसँग भएको हिमाल मात्र चिनाउन सके पनि देशको अर्थतन्त्र बलियो हुन्छ । अब त अर्को विकल्प पनि छैन हामीसँग जे छ त्यही बेच्नुपर्छ ।

वास्तवमा पर्यटनलाई एकपटक लगानी गरे पुग्छ र थोरै लगानीमा पनि धेरै आयआर्जन हुने र एक जना पर्यटकले नेपाल आएपछि गर्ने खर्च धेरथोर सबै कहाँ पुग्छ । यस्तो खालको काममा नेपाल सरकारले लगानी किन नगर्ने ?


हाल नेपालमा २७÷२८ सय ओटा ट्रेकिङ कम्पनीहरु छन् । जसमा मजदुरको संख्या ३५ हजार को हाराहारी मा छ । तिँ मजदुरहरुलाई अहिले ठूलो मर्का परेको छ । मजदुरहरुका लागि १२ अ‍ै महिना काम नेपालमा पाहीँदैन । सिजनमा कमाएको भरमा परिवार जहान पाल्नुपर्ने बाध्यता छ । हाल मजदुरलाई पनि आफ्नो क्षमताअनुसारको काम दिन आवश्यक देखिन्छ ।


भिजिट नेपाल–२०२० को बचेको थोरै समयलाई पनि सही काममा सदुपयोग गर्न सकिन्छ । यदि चाहियो भने जस्तै पर्यटन विज्ञहरुसँग सल्लाह सुझाव लिने तथा दक्ष जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र ति मजदुरहरुलाई पर्यटन पूर्वाधारका काममा लगाउन सकिन्छ । जसरि सरकारले कृषिमा आकर्षण गर्न खोजेको छ, त्यसरी नै पर्यटन पनि देशको लागि महत्वपूर्ण पाटो हो ।


अहिलेको अवस्थामा कृषि र पर्यटन नै देशको आर्थिक विकासको मुख्य आधार बन्न सक्छ र यसको लागि सबैले सोँच्नुपर्ने बेला आएको छ । अब आउने सिजनबाट अन्तरिक पर्यटनको अभियान चलाउनुपर्छ । पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले एकै खालको योजना बनाएर कार्यान्वयन गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता हो ।

जसरी हरेक वर्ष पर्यटनकै लागि भनेर बजेट छुट्याउने गरिन्छ तर कार्यान्वयन भएको खासै देखिँदैन । यसले गर्दा नेपालको पर्यटन विकासले गति दिन सकेन । पर्यटन व्यवसायीहरुले पनि ८०÷९० को दशकदेखि चलाउँदै आएका रुटहरु उही पुरानो ढाँचामा नै चलाउनुपर्ने बाध्यता आजसम्म छ । नयाँ र वैकल्पिक गन्तव्यको खोजी गरिनुपर्छ । युवा जनशक्तिलाई पनि पर्यटन छेत्रमा लगाउँदा देशलाई फाइदा नै हुन्छ ।


Facebook Comment


No ads found for this position