पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्ड खारेज गरौं
विगत लामो समयदेखि उत्तर अमेरिकामा नेपालको पर्यटन विकासमा सहयोग पुर्याउने हेतुले २०१३ जनवरी ५ देखि नेपालका विभिन्न पर्यटन क्षेत्रलाई चित्रण गराउँदै आफ्नो ५३ लहरीमा सजाएर अमेरिकाको विभिन्न प्रदेश तथा क्यानडाको १० प्रदेश तथा २ प्रान्तमा लगी स्थानीय बासिन्दाहरुलाई नेपालको प्राकृतिक सुन्दर तस्बिरहरु देखाएर नेपाल घुन्न जान प्रेरित गरेको छु ।
यस कार्यबाट अमेरिका र क्यानडामा विभिन्न देशबाट आएर बसोबास गरेका बासिन्दाहरुले नेपाल एक पटक जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसै क्रममा नेपाल पर्यटन बोर्डले थप जिम्मेवारी दिएकोले ट्रकबाट बाहिरी बजारमा प्रचार प्रसार र भित्री सहरमा यहाँको वार्षिक मेला जुन करीब ७५ देशहरुको सहभागिता हुने स्थलमा नेपालको आफ्नो स्थान बनाई ३ दिनसम्म चल्ने उक्त मेलामा करिब ३ वर्ष लगातार सहभागी भएँ ।
यसै क्रममा नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई मध्यनजर राख्दै पहिलो पटक क्यानडाको व्यस्त सहर (मिसिसागा)को सहरमा चल्ने करिब १० वटा बसहरुमा नेपालको मुख्य ठाउँहरुलाई लक्षित ग़री प्रचार प्रसार गराएको थिएँ । यस कार्यबाट नेपालको पहिचानले साँच्चीकै रुपमा यहाँका बासिन्दाको मानसपटलमा गहिरो छाप पारेको छ । तर, दुर्भाग्यवस कोरोनाको कारणले सारा योजना सफल हुन सकेन ।
यी निम्न कुराहरु सम्पन्न गर्न मेरो व्यक्तिगत क्यानेडियन डलर १ लाख भन्दा बढी खर्च भएको जानकारी गराउँदछु ।
यस्ता काम गर्न न त पर्यटन वोर्डबाट १ रुपैयाँ लिएको छु या राजदूतावासबाट नै, यहाँको एनआरएन त झनै नाम मात्रको हो। अन्तरर्राष्ट्रीय क्षेत्रमा नेपालको पर्यटन विकास गर्नको लागि कुनै पनि राजनीतिक पार्टीको सदस्य नभएको व्यक्ति हुनुपर्दछ ,राजदूतावासबाट यस्ता कार्य बन्द गर्नुपर्दछ अहिलेको परिपाटीले पैसाको नास मात्र भएको छ ।
आगामी दिनमा यस्ता कार्य गर्न नेपालबाट कामको मूल्यांकन गरेर मात्र नियुक्ति दिनुपर्दछ । पर्यटन दूत नियुक्ति गरिसकेपछि कम्तिमा वर्षको एक पटक प्रतिवेदन बुझाउन लगाउनुपर्नेछ । कुनै पनि पार्टीको झोला बोक्नेहरुलाई यस्तो काम दिनु हुँदैन ।
नेपालमा जतिपनि पर्यटन व्यवसायी सबैले राजनीतिको झोला छोड्नुपर्छ । जबसम्म यस्ता झोला छोड़िँदैन तबसम्म यसको विकास हुन सक्दैन, पर्यटन मन्त्रालय र पर्यटन विभाग भए पुग्नेछ, किन चाहियो पर्यटन बोर्ड रु यो पर्यटन बोर्ड तत्काल खारेज गर्नुपर्छ, यो बेकारको राजनीतिक पार्टीको क्लब हो । यहाँबाट कुनै ठोस काम हुन सक्दैन । आफ्नो पार्टीका मान्छेलाई जागिर खुवाउने र घुमाउने ठाउँ मात्र भएको छ ।
आगामी दिनमा हामी परदेशमा भएका मानिसलाई पर्यटन प्रवद्र्धन गर्न लगाई पर्यटन विकासको आर्थिक रकम आन्तरिक पर्यटन विकासमा खर्च गर्न लगाउने । बाहिर नियुक्ति गरिएका पर्यटन दूतहरुको काम कार्यबाहीको उचित मूल्यांकन गरी उनीहरुलाई चाहिने सामग्री, पोस्टरहरु, भिडियो क्लिपहरु उपलब्ध गराउने कुनै पार्टीको पूर्वाग्रह नराख्ने ।
कुनै पनि पर्यटन मन्त्री या अन्य कुनै प्रतिनिधि आउँदा उनीहरुले गरेको काम अवलोकन गर्ने गर्नु पर्नेछ । नेपालमा पनि आन्तरिक पर्यटन विकासमा गरिएको कामको मूल्यांकन गर्नुपर्ने हुन्छ । मलाई जानकारी भएअनुसार सुदूरपश्चिमको लागी करिब ४० करोडको व्यवस्था भएको थियो रे १ त्यो रकम कहाँ के मा खर्च भयो रु त्यसको हिसाब स्थानीय पर्यटन व्यवसायीहरुले जानकारी राख्नुपर्यो ।
हाल भएको विभिन्न संस्था हान, टानसमेतले पार्टीको झोला नबोकि निष्पक्ष तरिकाले समान रूपले काम कारबाही गर्नुपर्यो । वर्तमान स्थितिमा सबै डामाडोल यिनै पार्टीले गर्दा भएको छ । स्वदेश हो या विदेश छुटपुटभन्दा राम्रा काम भएको देखिँदैन। मेरो मनमा लागेका केही कार्यक्रमको लागि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा बृहत छलफल गरी त्यहाँको स्थानीय स्थानलाई क्यानडामा प्रचार प्रसार गरेका थियौं साथै यता अमेरिका तथा क्यानडामा जस्तै पर्यटन कन्यक्सन चितवनदेखि डोल्पा, बडिमालिकादेखि लुम्बिनीको सम्बन्ध तथा स्वागत कक्षको लागी पहल गरेको थिएँ ।
प्रदेश ५, ६ र ७ को चिनारी पुस्तक पनि प्रकाशित गरी त्यहाँको हरेक वस्तुको जानकारी दिने प्रयास स्वरूप पहिलो पुस्तक प्रदेश ५ एक चिनारी प्रकाशन पनि भएको थियो । दुर्भाग्य भनौ या संयोग प्रदेश ५ को पर्यटन मंत्रीलाई दाङ कार्यक्रममा निमन्त्रणा गर्दा उहाँलाइ गाडीमा तेल भर्नुपर्ने र अन्य व्यवस्था गर्नुपर्ने यस्तो किन ?
आफ्नो मन्त्रालयअन्तर्गत काम कर्तव्यमा पनि गाडीमा तेल माग्नु कति सम्म लाज पचाएको १ यस्ता कारणले हामी बाहिर बस्नेहरुलाई कस्तो प्रभाव पर्छ होला भनेर हेक्का राख्न नसक्ने पर्यटन मन्त्री किन चाहियो ?
केन्द्रका पर्यटन मन्त्री योगेश भट्टराई क्यानडा आएको बेला हाम्रो कार्यक्रमको लागी ९भ्रमण वर्ष २०२०० बसमा राखिएको नेपालको तस्वीरहरुको अवलोकन गर्न निमन्त्रणा दिँदा नआउने तर आफ्ना पार्टीका कार्यकर्ता भेटघाटमा व्यस्त हुनुले राज्यको ढुकुटी सकाएर क्यानडा के को लागि रु
बन्द कोठाभित्र बसेर क्यानडाको नागरिकलाई नेपाल भ्रमण गर्न निम्तयाइयो रे कति हाँस्नु गालानै चाउरी पर्ने गरी । यस्ता व्यक्तिबाट राज्यले के आशा राख्ने रु अर्को हरेक देशका राजदूतावासका राजदूतहरुले पार्टीको चाकडी गर्ने गर्दछन । देशको प्रतिनिधिले देशको आर्थिक उन्नतिको लागी काम गर्ने कि चाकडीवाद ?
यसको उदाहरण हो वर्तमान क्यानडाका राजदूत भृगु ढुंगाना ९भिजिट–२०२०० को लागि उद्घाटन गर्नको लागि बोलाइएको थियो शनिबारको कार्यक्रममा उहाँ राष्ट्रीयताको कार्यक्रममा आउनु भएन तर अर्को दिन विनोद चौधरीका लागि वशन्त चौधरीको काव्य किताब अवलोकनको लागि आउनुभएकोले उहाँ देशको गौरवशाली कामको लागि यहाँ राजदूत भाको कि चाकडीवादको लागि रु यस्ता फाल्तु प्रतिनिधिबाट राज्यले के पायो रु तसर्थ पर्यटन क्षेत्रमा यस्ता दूतावासबाट कुनै काम हुन सक्दैन, यो क्यानडाको मात्र भनेको ।
हरेक देशका राजदूतावासमा पर्यटन प्रवर्द्धनको लागि पठाइने आर्थिक रकम यथाशिघ्र बन्द गर्न यहाँहरु पर्यटन व्यवसायी र यस सम्बन्धी निकायले दबाब दिनुपर्दछ । आगामी दिन यो माहामारीपछि पर्यटन व्यवसायी तथा सम्बन्धित निकाय हान र टानसमेतले हामी परदेशमा भएका र समय निकाल्न सक्नेहरुलाई प्रतिनिधि चयन गर्दै चाहिने सामग्री उपलब्ध गराउने व्यवस्था गरिदिनुहोस, कामको मूल्यांकन गरी सम्बन्धित निकायलाई जानकारी दिनुहोस ।
अन्त्यमा कुनै पार्टीमा आबद्ध हुनु नराम्रो होइन तर यस पर्यटन व्यवसायमा आगामी दिन गैह्र राजनीतिक पर्यटन विकासमा जोड़ दिनुपर्ने देखिन्छ र राजनीतिक थलो पर्यटन बोर्ड खारेज गरी पर्यटन विभागमार्फत काम कारबाही चलाउन अत्यन्त जरूरी देखिन्छ ।
तुल्सीपुर–४, लामीदमार , दाङ
हालः क्यानडा