कोरोना संक्रमितका लागि उपयोगी औषधी नेपाल भित्रियो

भदौ, काठमाडौं । कोरोना संक्रमित व्यक्तिको उपचारमा उपयोगी देखिएको रेमडिसिभिर औषधी शुक्रबार नेपाल भित्र्याइएको छ। स्थानीय सप्लायर कम्पनी सिनर्जी डिष्ट्रिब्युटरले भारतबाट हवाई र स्थलमार्ग हुँदै रेमडिसिभिर औषधी नेपाल भित्र्याएको हो। 

औषधी व्यवस्था विभागले सिनर्जीलाई भारतीय कम्पनी माइलनबाट रेमडिसिभिर औषधी आयात गर्ने अनुमति दिएको थियो। उक्त अनुमति अनुसार, सिनर्जीले माइलनबाट औषधी ल्याउने प्रक्रिया अघि बढाएको थियो। 

कम्पनीले पहिलो चरणमा माइलनले बनाएको पाँच सय २८ भायल औषधी नेपाल भित्र्याएको सिनर्जीका जनरल म्यानेजर मधु पौडेलले बताए। पौडेलका अनुसार, भारबाट ल्याएको रेमडिसिभिर औषधी ह्याम्स अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नर्भिक अस्पताल, बि एण्ड बी लगायत अस्पतालमा वितरण भइसकेको छ। 

अस्पतालहरुको माग अनुसार कम्पनीले औषधी सप्लाई गरेको उनले बताए।सिनर्जीले एक थान औषधीको ७ हजार ६०० नेपाली रुपैँया पर्ने जनाएको छ। 

भारतको सिप्ला कम्पनीबाट यति केएम डिस्ट्रीब्युटर र हेटेरो कम्पनीबाट नेपालको भेभिओस्का कम्पनीले पनि थप रमडिसिभिर औषधी आयात गर्दैछ। औषधी व्यवस्था विभागले तीन भारतीय कम्पनीले उत्पादन गर्ने रेमडिसिभिर औषधी आयातको अनुमति दिएको थियो।


Facebook Comment


No ads found for this position