एकजना संक्रमित पत्ता लगाउन एक लाख चार हजार खर्च

स्वास्थ्य मन्त्रालयले हालसम्म भएका पिसिआर परीक्षणमा तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय खर्च भएको जनाएकाे छ ।

मन्त्रालयले शुक्रबारसम्म पाँच लाख ९८ हजार ९९ जनाकाे नमुना पिसिआर विधिबाट परीक्षण गर्दा सरकारले त्यति रकम खर्च गरेकाे बताएकाे हाे ।

प्रतिपिसिआर प्रयाेगशालाकाे मात्र पाँच हजार पाँच सय खर्च हुने मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले त्यसमा पिपिईको खर्च नजोडिएको बताए ।

गौतमका अनुसार ३० हजार चार सय ८३ जना संक्रमित भेटिँदासम्म एकजना संक्रमित पत्ता लगाउन एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएकाे छ ।

संक्रमित पत्ता लगाएर एकजनालाई एक महिना आइसियूमा राख्नुपरे थप चार लाख ५० हजार खर्च हुने उनले बताए । 

‘परीक्षण, पोजेटिभ पत्ता लगाउने र उपचार बहुत खर्चिलो छ,’ उनले भने, ‘त्यसैले जरुरी काम नपरी घरबाट ननिस्कन पटक–पटक अनुरोध गर्दै आएका छौँ ।’

निषेधाज्ञा र जनस्वास्थ्यकाे मापदण्ड पालना गर्दा आफ्नो शरीर र सरकारको खर्च पनि जाेगिने उनले बताए ।

उनले घरबाट ननिस्कन र अत्यावश्यक कामका लागि निस्कनैपरे मास्कको प्रयोग, दुई मिटरको दूरी र स्यानिटाइजरको प्रयोग गर्न सुझाब दिए ।


Facebook Comment


No ads found for this position