रेसपाेन्सीवल ट्रेक्स एण्ड ट्राभल्सलाई ट्रिप एडभाइजर ट्राभलर्स च्वाइस अवार्ड


काठमाडौंः नेपालको रेसपाेन्सीवल ट्रेक्स एण्ड ट्राभल्स कम्पनीलाई विश्व प्रसिद्ध ट्राभल वेवसाइट कम्पनी ट्रिप एडभाइजरले ट्राभलर्स च्वाइस अवार्ड प्रदान गरेको छ।

नेपालको पर्यटन क्षेत्रमा पर्यटकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको भन्दै रेन्ससपोन्सीवल टेक्सलाई टाभल्स च्वाइसको अवार्ड प्रदान गरिएको हो। उक्त अवार्ड पाउँदा आफूहरु निकै उत्साही भएको प्रालिका प्रबन्ध निर्देशक छेवाङ लामाले बताए।

सन २००९ मा स्थापना भएको रेन्ससपोन्सीवल टेक्सले विशेष गरी पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको छ । प्रबन्ध निर्देश लामा भन्छन्, ‘पर्यटकीय सम्भावाना अत्यधिक भए पनि त्यसको उचित प्रवद्र्धन हुन सकेको छैन पश्चिम नेपालमा।’

धार्मिक पर्यटनको रुपमा विश्व प्रसिद्ध कैलाशको प्रवेशद्धार हुम्लालगायत तिब्बतीयन संस्कृति हेर्नलाई विश्व प्रशिद्ध स्थानमा मानिने लिमीको पनि लक्ष्यअनुसार पर्यटक पुग्न नसकेको उनी बताउँछन्। ‘हामीले हाम्रो क्षेत्रको लागि पर्यटन प्रवद्र्धन तथा पर्यटकलाई दिएको सेवा सुवीधाबाट सन्तुष्ट भएर नै यो अवार्ड पाएको हो’, उनी भन्छन्।


Facebook Comment


No ads found for this position