कोरोनाका कारण पर्यटनमा ६० अर्ब बराबरको क्षति

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देश निर्माणमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने बताए । रोट-याक्ट क्लव अफ पोखरा फिस्टेल, रोट-याक्ट क्लव अफ रुपन्देही र रोट-याक्ट क्लव अफ तिनउ बुटवलको आयोजना र रोट-याक्ट क्लव अफ दमौलीको सहकार्यमा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले युवा शक्तिको परिश्रमबाट देश समृद्धिको यात्रामा जाने उल्लेख गरे ।

उनले भने, “देश बनाइदिने अरुले होइन, हामीले नै हो, अझ विशेषगरी युवाहरुले नै हो । युवाहरुको सीप र शक्तिलाई देश विकासमा परिचालन गर्न सरकार तयार छ ।”
कोभिड–१९ को प्रभावका कारण नेपालको पर्यटन क्षेत्रमा रु ६० अर्ब बराबरको आर्थिक क्षति भएको मन्त्री भट्टराईले जानकारी दिए । उनका अनुसार पर्यटन क्षेत्रमा १५ खर्बको लगानी रहेको र कोरोनाका कारण धारासायी बनेको पर्यटन क्षेत्र सुधारका लागि सरकारले पनि सहयोग गर्ने बताए ।


Facebook Comment


No ads found for this position