हिउँ खेल्न जाँउ रारा : भिजीट कर्णालीले ल्यायो दुई रात तिन दिनको प्याकेज

आन्तरीक पर्यटकको प्रमुख रोजाईमा रहेको स्थान हो नेपालको सबैभन्दा ठुलो ताल रारा । रारामा पुसको दोस्रो हप्ता देखि हिउ पर्न सुरु गरीसकेको छ भने फागुनको पहिलो हप्ता सम्म रारालाई हिउले ढपक्क ढाकेको हुन्छ ।
हिउमा खेल्न तथा रारा घुम्नका लागि आन्तरिक पर्यटकलाई रारामा हिउ खेल्न जाउ भन्दै भिजीट कर्णालीले टुर प्याकेज ल्याएको छ ।
राराको प्रवेशद्धार तथा रारा राष्टि निकुन्ज भित्र होटल संचालन गदै आएका आएको भिजिट कर्णालीले काठमाण्डौ, पश्चिम नेपालका प्रवेशद्धार नेपाजगन्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि रारामा हिउ खेल्न जाउ भन्दै प्याकेज ल्याएको हो ।

ताल्चा विमानस्थल बाट रारा तर्फ जादै

केन्द्रिय राजधानी देखि अथावा नेपालगन्ज वा सुर्खेत देखि रारा हुदै पुन काठमाण्डौ, नेपालगन्ज र सुर्खेत सम्मका लागि दुई रात तिन दिनको प्याकेज ल्याएको भिजिट कर्णाली प्रा लीका प्रबन्ध निर्देश राजु कार्कीले बताए । उनले भने काठमाण्डौ देखि नेपालगन्ज हुदै रारा पुन काठमाण्डौ सम्म २३ हजार ५ सय रुपैया, नेपालगन्ज हुदै रारा पुन नेपालगन्ज सम्म १६ हजार ५ सय रुपैया, सुर्खेत देखि रारा हुदै पुन सुर्खेत सम्म १६ हजार ५ सय रुपैया, प्याकेज किनेर रारा घुम्न सकिने प्रबन्ध निर्देशक कार्कीले बताए ।

राराको प्रवेशद्धार ताल्चा विमान स्थल देखि रारा तालको किनार पुग्न ३ घण्टाको पैदल यात्रा गनु पर्ने हुन्छ । यदी पैदल यात्रा गर्न नसक्ने हो भने घोडाको पनी ब्यबस्थापन हुन्छ तर त्यसको भने छुट्टै खर्च लाग्ने बताए ।

रारा ताल

कोरनाका कारण थाला परेको पर्यटनलाई उजागर गर्न तथा कर्णालीको पर्यटन प्रर्वद्धन गर्नका लागि रारामा हिउ खेल्न जाउ भन्ने उदेश्य रहेको प्रबन्ध निर्देशक कार्कीले बताए । अहिले सडक संन्जाल बाट रारा आउन पुग्न गाहे हुन्छ । यदी बाटोमा हिउँ पर्यो भने बाटोमै फस्ने संम्भावान अत्याधि रहेको हुन्छ ।

मुर्माटपमा तस्बिर कैद गर्र्दै आन्तरिक पर्यटकहरु ।

त्यही भएर हामीले रारा जान चाहने आन्तरिक पर्यटकका लागि यस्तो प्याकेज ल्याएका हौ उनले भने ।
यो प्याकेज अन्तगर्त हामीले हवाईजहाज दुईतर्फी टिकट, रारामा बास बस्न तथा खाना, राष्टिय निकुन्ज प्रवेश टिकट, गाईड सुविधा र तातो पानीको दिने गरेका छौ । हामीले रारा आउने पर्यटकहरुलाई जहाजमा केही समस्या नहोस भनेर हवाईजहाज कम्पनी सग सहकार्य गरेर विगत एक दशक देखि नियमीत उडान गरीरहेका छौ ।

सम्पर्कः
भिजीट कर्णाली
राजु कार्की– ९८४१२९७६४४
, ९८०२०९७६९०


Facebook Comment