हुम्लाका लागि सहुलियत दरमा हवाई उडान

हुम्ला – सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न सुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हँुदा उक्त उडान सुरु गरिएको हो ।
नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः सुरु गरिएको कार्गाे व्यवसायी विष्णु रावतले बताए । न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सले सहुलियत उडान भर्न सुरु गरिएको उनले बताए ।
नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही राहत पुगेको छ । नयाँ सहुलियत उडानको भाडादर सीता एयरलाइन्सले र तारा एयरलाइन्सले छ हजार तथा नेपाल एयरलाइन्सले पाँच हजार ९७५ रुपैयाँ तोकेको बताइएको छ । सबै एयरलाइन्सले हप्तामा एक÷एक उडान भर्न सुरु गरेका छन् ।


Facebook Comment


No ads found for this position