नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको सदस्यमा रिजाल, साह, शेर्पा नियुक्त

नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको रिक्त सदस्यका लागि चन्द्र रिजाल, कृष्णकुमार साह,नवाङ निमा शेर्पा नियुक्त भएका छन्र ।

नेपाल पर्यटन बोर्डमा सदस्य चयनका लागि पर्यटन मन्त्रालयले गरेको सिफारिस कमिटीका सदस्य पुर्ण कुवरले शाह, शेर्पा र रिजाल नियुक्ती भएको बताए ।
रिजाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानका पूर्वअध्यक्ष हुन्, शेर्पा कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसनका कोषाध्यक्ष र शाह इटहरीमा व्यावसायिक तालिम केन्द्र सञ्चालन गर्दै आएका छन् ।

नेपाल पर्यटन बोर्ड संचालक समिति सदस्यको लागि २२ जनाले निवेदन दिएका थिए जसमध्येबाट उपसमितिले पाँच जनाको नाम पर्यटनमन्त्री भानुभक्त ढकालसमक्ष पेस गरेको थियो ।

नेपाल पर्यटन बोर्डको संचालक समिति छर्नौटका लागि पर्यटन मन्त्रालयले माघ ६ गते मन्त्रालयका सहससचिव तारानाथ अधिकारीको संयोजकत्त्वमा, पुर्णकुवर र राजेन्द्र प्रसाद सापकोटाको समतिगठन गरेको थियो ।


Facebook Comment


No ads found for this position