सरकारको दोहोरो नितिले सगरमाथा आरोहीहरु के टु आरोहण तर्फ जान सक्ने संम्भावना

३ फागुन, काठमाडौं । कोरनाका कारण देशको अर्थतन्त्र प्रभवा भएको सर्वविदीतै छ । अन्य क्षेत्रहरु विस्तारै विस्तारै तग्रीने प्रयास गरिरहेका छ भने भने पर्यटन क्षेत्र भने अहिले सम्म तग्रीन सकेको छैन ।

यस्तो अवस्थामा झन सरकारले पर्यटन क्षेत्रमा दोहोरो निती ल्याउनदा पर्यटन क्षेत्र जोखिमा परेको ब्यबसायीहरुको गुनासो रहेको छ । राजनैतिक दलहरुले दिन प्रतिदिन सभाजुलुस गरीरहेका छन् तर भिडभाड हुन्छ भनेर कोभिड नभएको प्रमाण हुदा समेत नेपाल प्रवेश गर्न रोक लगाएका कारण पर्यटन क्षेत्र तहस नहस हुने सम्भवा भएको ब्यबसायीको गुनासो रहेको छ ।
विदेशी नागरिक नेपाल प्रवेश गरेपछि ७ दिन क्वारेन्टिनमा बस्नै पर्ने प्रावधान छ । तर सार्क राष्टमध्यकै पाकिस्तानले पर्वतारोहीलाई दिन प्रतिदिन खुकुलो बनाउदै गएको छ । आफ्नो देशमा हिमाल आरोहणगर्न आउने आरोहीहरुलाई क्वारेन्टिन बस्नु नपर्ने नियम बनाएकोे छ ।

यस्लो गर्दा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न चाहने आरोहीहरुे विश्वको दोस्रो अग्लो हिमाल ९माउण्ट के टु० रहेको पाकिस्तानलाई गन्तव्य बनाउने अवस्था देखिएको पर्यटन व्यवसायीहरु बताउँछन् । हरेक दिनजसो यस्तो गुनासो आइरहेको पर्यटन विभागकी निर्देशक मिरा आचार्य बताउँछिन् ।

वसन्त ऋतु सगरमाथा आरोहणको सिजन हो । यो बेला सर्वाधिक खर्चालु पर्यटक नेपाल आउँछन । करिब २ महिना बस्ने गरी हजारौं पर्यटक आउँदा नेपालमा औसतः पर्यटकको बसाइ अवधि पनि १३ दिन हाराहारी पुग्छ ।

तर, कोरोनाका कारण सन् २०२० को वसन्तु ऋतुयता पर्यटक आगमन ओरालो लागेको छ । यसको प्रभाव समग्र अर्थतन्त्रमा देखिएको छ । व्यवसायीहरुका अनुसार पर्वतारोही अहिले मुख्यतः दुईवटा झण्झटका कारण नेपाल आउन डराइरहेका छन्– क्वारेन्टिनको झण्झट र चर्को कोरोना बिमा नीति ।

पर्वतारोहीले नेपाल आउँदा ट्राभल बिमा भन्दा छुट्टै ५ हजार डलरको बिमा गर्नुपर्छ । २०१९ मा करिब डेढ दर्जन आरोहीको मृत्युका कारण नकारात्मक प्रचार भएको र २०२० पछि ठप्प भएको सगरमाथामा आरोही आकर्षित गर्न सरकारको तर्फबाट कुनै ठोस नीति आओस् भन्ने अपेक्षा छ ।

अनुमति दुई वर्ष थप्न प्रस्ताव

कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष आरोहण अनुमति लिएर पनि आरोही हिमाल जान पाएनन् । यसरी रोकिएका आरोहीको आरोहण अनुमति दुई वर्ष लम्ब्याउने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाइएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ बताउँछन् ।

विभागकी निर्देशक आचार्यका अनुसार गत वर्ष वसन्त ऋतुमा आरोहण खोल्ने सम्बन्धमा अन्यौल थियो । विभाग समेत पर्ख र हेरको अवस्थामा थियो । यसैकारण सगरमाथा आरोहणका लागि एउटा पनि अनुमति जारी भएन ।

आमादब्लम र अन्य साना हिमाल आरोहणका लागि अनुमति लिएका कुल पाँच समूह ९१३ जना० पनि हिमालतिर जान पाएका थिएनन् । उनीहरुलाई यो वर्ष पनि सोही अनुमति कायम गर्ने प्रस्ताव विभागले गरेको छ ।

यो वसन्तु ऋतुमा सगरमाथासहितका हिमाल चढ्न आरोहीहरु आउने कुरालाई ध्यानमा राखेर आन्तरिक तयारी थालेको निर्देशक आचार्यले बताइन् । ‘सम्पर्क अधिकृत खटिने विभिन्न सरकारी कार्यालयलाई पत्राचार गरेका छौं’, उनी भन्छिन् ।


Facebook Comment


No ads found for this position