बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा चढे

२८ वैशाख, काठमाडौं । बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सो टोली मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले बताए ।
राजकुमार टोली नै यो सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो ।
टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफासहितका १२ जनाले आरोहण गरेको आरोहण व्यवस्थापन गरेको सेभेभ समिटका अध्यक्ष मिङमा शेर्पाले बताए । यसअघि राजकुमार खलिफाले मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरेका थिए ।
सन २०२१ को मा पहिलो पटक सगरमाथामा आरोहीहरु पुगेका हुन् ।
सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकमार्फत भइरहेको छ। टोलीले सन २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकले गरीरहेको छ ।

 


Facebook Comment


No ads found for this position