६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउन खाडीमा रहेका नेपालीले खरिद गरे

२९ वैशाख, काठमाडौं । नेपालको कोभिड महामारीमा सघाउन खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त रुमो ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन । ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले भने प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको र अब चाढै नेपाल पठाउने तयारी रहेको बताए ।
अक्सिजन सिलिण्डरको लागत झण्डै ७५ लाख नेपाली रुपैयाँ बराबर रहेको बताउँदै अध्यक्षे झाले भने खरिद गरिएका सिलिण्डरको तौल समान किसिमको नभएका कारण एकै पटकमा पाँच सय ५० वटा भन्दा धेरै सिलिण्डर पठाउन नसकिने हो की भन्ने चिन्ता थपिएकोे बताए ।
अक्सिजन अभावमा जनताले मृत्युवरण गरेका समाचारले खाडीमा रहेका नेपाली चिन्तत भएको र स्वतस्फूर्त रुपमा सहयोगका अपिलहरु सुरु भएको पनि उनले बताए ।