निर्वाचन आयोगले सार्वजनिक गर्यो निर्वाचन तालिका , यस्ताे छ तालिका

काठमाडौं । आगामी कात्तिक र मंसिरमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

सोमबार आयोगले पहिलो र दोस्रो चरणमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता, मतदान लगायतका तालिका सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभाको पहिलो चरणमा कात्तिक २६ गते हुने निर्वाचनका लागि आयोगले उम्मेदवारी मनोनयनका लागि २० र २१ गते तोकिएको छ । यस्तै, असोज २१ गते नै उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

असोज २२ गते दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । २३ र २४ गते मनोनयनपत्र र उजुरीमाथि छानबिन गरि निर्णय गरिने छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार २४ गते उम्मेदवारको नामावली प्रकाशन गरिने उल्लेख छ । यस्तै, असोज २५ गते नै उम्मेदवारले नामावली फिर्ता लिनसक्ने र सोही दिन अन्तिम नामावली प्रकाशित गरिने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरिने छ ।

कात्तिक २६ गते भने पहिलो चरणको प्रतिनिधिसभाको निर्वाचन हुनेछ । यस्तै, प्रत्यक्षतर्फको मतगणना र विजयी उम्मेदवारको घोषणापछि मात्रै समानुपातिकतर्फको मतगणना हुने आयोगले जनाएको छ ।

आयोगले दोस्रो चरणको निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ । तालिका अनुसार दोस्रो चरणको निर्वाचनका लागि मनोनय दर्ता असोज ३१ गते हुनेछ । उम्मेदवारको मनोनयन पत्र दर्ता भएको र सूची प्रकाशन कात्तिक १ गते हुनेछ ।

२ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिने र ३ र ४ गते उक्त उजुरी र मनोनयनमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यस्तै कात्तिक ५ गतेलाई उम्मेदवारी फिर्ता लिने र सोही दिन नै अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने बताइएको छ ।

मंसिर ३ गते बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म दोस्रो चरणको प्रतिनिधिसभातर्फको मतदान हुनेछ । असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ भएको आयोगले जनाएको छ ।

No description available.No description available.No description available.No description available.No description available.

 


Facebook Comment


No ads found for this position