गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड नाम ‘पोखरा पियोर एज पाराडाइज’

काठमाडौं । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आकर्षक गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड नाम तोकेको छ ।नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको हो ।
ब्राण्डिङले पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल पुग्ने नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा।धनञ्जय रेग्मीले बताए ।
ब्राण्ड तयार गर्ने विज्ञ र्फमको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालाहरु माझ विभिन्न चरणमा प्रस्तुत गरि उनीहरुबाट राय तथा सुझावहरु संकलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई अन्तिम रुप दिइएको बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।