पोखरामा लकडाउन खुलेसँगै जिपलाइन र बन्जी सञ्चालनमा

दोस्रो लकडाउन खुलेसँगै पोखरामा जिपलाइन र बन्जी सञ्चालनमा आएको छ। हाई ग्राउड एड्भेन्चरर्स प्रालिले पोखरामा सञ्चालन गरेको जिपलाइन र बन्जी शनिबारदेखि सञ्चालनमा आएको हो।

जिप फ्लाइमा विश्वमै ख्याति प्राप्त अमेरिकी ब्रान्ड जिप फ्लायरको फ्रेन्चाइज रहेको जिपलाइन समुद्री सतहदेखि एक हजार पाँच सय पचास मिटरको उचाइमा सराङ्कोटको डाँडामा छ।

भर्टिकल ड्रप छ सय मिटरमा एक हजार आठ सय पचास मिटर दूरी पार गरी हेम्जा झरिन्छ।

जिपलाइनको औसत गति ९० किमि प्रतिघण्टा रहेको छ जुन पार गर्न अधिकतम समय २ मिनेट लाग्छ। ३५ देखि १२० किलो सम्मका व्यक्तिले खेल्न सक्ने जिपलाइन १३ वर्षदेखि माथिका व्यक्तिले गर्न सक्छन्। नेपालकै पहिलो जिपलाइन सुरू गरेको कम्पनीले एसियाकै लामो सुपरम्यान जिपलाइन सञ्चालनको तयारी गरिरहेको कम्पनीका सिओओ दिनेश महर्जन बताउँछन्।

पर्यटकीय राजधानी पोखरामा हाई ग्राउन्डले बन्जी सुरू गरेको पनि एक दशक भैसकेको छ।

बन्जी र जिपलाइन खेल्न चाहनेले ९८०२०६५७७२ मा फोन गरेर बुक गर्न सक्छन्। बुकिङ गरेपछि पोखरा लेकसाइडदेखि दुईतर्फी निस्शुल्क यातायात सुविधा समेत कम्पनीले दिँदै आएको छ।

नेपालको पहिलो टावर बन्जी र एक मात्र टेण्डम ९जोडी० बन्जी र सञ्चालन गरिरहेको हाई ग्राउन्डमा बन्जी गर्न जोडीहरूको विशेष आकर्षण रहेको छ।

प्राकृतिक सुन्दरताको साक्षात्कारसँगै एड्भेन्चरको थ्रिलमा झुम्न चाहनेहरूको लागि एडभेन्चर हब बनिरहेको पोखरामा पर्यटकहरूको चासोलाई मध्यनजर गर्दै अझै नयाँ(नयाँ एड्भेन्चर भित्र्याउने कम्पनीको योजना छ।

 


Facebook Comment


No ads found for this position