जनै पुर्णिमाका अवसरमा शैलुङ क्षेत्रमा चहलपहल (फोटो फिचर)

जनै पुर्णिमाका अवसरमा शैलुङ क्षेत्रमा चहलपहल बढेको छ । आईतबार जनैपुर्णिमा भएपनी शुक्रबार देखिनै शैलुङ क्षेत्रमा चहल पहल बढेको छ । कोभिडका कारण केही प्रभावीत भएपनी शैलुङ क्षेत्रमा जनै पुर्णिमाको मेलाका लागि मानिसहरु जम्मा हुन थालेका छन् । धार्मिक हिसावले मात्र नभएर प्राकृतीक सुन्दरताले भरीपुर्ण शैलुङ क्षेत्रमा मानिसहरुको चहल पहल बढेको छ । मेला भर्नका लागि दोलाख वरीपरी जिल्लाका बाहेका काडमाण्डौ उपत्यका देखि समेत मेलामा सहभागी भएका छन् ।
तामाङ भाषाको शब्द ‘शैलुङ’को नेपाली अर्थ हुन्छ, सय थुम्का । धानको थुप्रो जस्ता दर्जनौं थुम्का । कुनै अग्ला त कुनै होचा । जुन थुम्कामा चढेर हेरे पनि सेताम्मे हिमाल देखिन्छन् । हिमाल पनि कति हुन् कति १ पश्चिमको अन्नपूर्ण, मनास्लु,लमजुङदेखि गणेश हिमाल,लाङटाङ, गौरीशंकर,सगरमाथा र नुम्बुरसम्म दर्जनौं हिमालहरू ।

दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडा पर्याटकको रोजाइको केन्द्र बन्दै गएको छ ।  दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्भ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ डाँडामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । केही समयअघिसम्म ओझेलमा परेको शैलुङ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको नयाँ आकर्षक पर्याटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा रहेको छ शैलुङ डाँडा । १०० फरकफरक आकृतिका थुम्का भएको शैलुङले त्यहाँ पुग्ने जोकोही पर्यटकलाई लोभ्याउने गरेको छ ।


Facebook Comment


No ads found for this position