श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो
त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट घाँसतिर पुगेको छ।
त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार काठमाण्डौ देखि नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा रन वे छोडेर घाँसतिर गएको हो।
‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।’
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रुहरु भए पनि कसैलाई चोटपटक नलागेको बताए। जहाजको परीक्षण भइरहेको उनले जानकारी दिए।
जहाज धावनमार्गमा नगएकाले अरू उडान भने प्रभावित नभएको विमानस्थल स्रोतले जनाएको छ।