नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नेकपा (एमाले)को केन्द्रीय सदस्यमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पनि उम्मेदवारी दिने भएका छन् । पर्यटन क्षेत्रको क्रियाशिल संस्था टानका पूर्वअध्यक्ष समेत रहेका रिजालले केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताए ।

पार्टीको उद्योग व्यवसायी जिल्ला कमिटी अध्यक्ष तथा उपत्यका विशेष प्रदेश कमिटी सदस्य र पर्यटन केन्द्रीय विभागको सचिवसमेत रहेका रिजालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन ।

१३ वर्षदेखि रिक्त नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सर्वसम्मत चयन भएका उनी ट्रेकिङ एजेन्सिज एसोसियन नेपालको पूर्वअध्यक्ष रहेका काम गरीसकेको रिजाल दश वर्षको उमेरदेखि २८ वर्षसम्म अनेरास्ववियुका प्रारम्भिक कमीटीदेखि केन्द्रीय कमिटीसम्म सक्रिय रिजाल २०४६ सालमा नेकपा ९माले० को युथ लिगमा संगठित भएका थिए । २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्तिपछि उनले पार्टीको ईलाका कमिटीमार्फत सांगठनिक जीवन सुरु गरेको बताएका छन ।
पार्टीमा पुुगाएको योगदान तथा सुखी नेपाल समृद्ध नेपालको नारालाई साकार पार्न पनी मेरो उमेदवरी रहेको बताए । नेपालको समृद्धीको आधार पर्यटन रहेको बताउदै उनले भने पार्टीमा मात्र नभएर पर्यटन क्षेत्रमा आफुक्रियाशील रहेका कारण पनी सबैले मूल्याङन गरेको विश्वास व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरुको साथ पाउनेमा आशावादी रहेको बताए ।

उनले पार्टी केन्द्रीय कमिटिको सदस्यका लागि योग्य भएको बताउँदै उनले भने एमालेलाई बुुझ्न र पार्टीको जबजलाई ब्यबहारीका रुपमा लागुगर्नका लागि पनि आफू केन्द्रीय कमिटीमा अटाउने बताए ।


Facebook Comment


No ads found for this position