सिमिकोट बजार सरसफाइ कार्यक्रम सम्पन्न

यूएनडिपि नेपाल र नेपाल पर्यटन बोडको आर्थिक सहयोग, रेडी नेपाल को सहजीकरण तथा सिमिकोट गाउँपालीका संगको सहकार्यमा जिविकोपार्जन पुनरुत्थानका लागी दिगो पर्यटन परीयोजनाले पर्यटन क्षेत्रमा संलग्न जनशत्तिलाई अल्पकालीन रोजगार कार्यक्रम अन्त्रगत हुम्ला जिल्लाको सदरमुकाम सिमीकोट बजार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उत्त कार्यक्रममा पर्यटन क्षेत्र संग सम्बन्धित करीब पचास जना मजदुर जनशत्तिहरुको सहभागीता रहनुुुका साथै स्थानिय क्लब तथा बिद्यार्थिहरु समेतको सहभागीतामा सम्पुर्ण बजार सरसफाई गरेका थिय । उत्त सरसफाई कार्यक्रम सिमीकोट गाउँपालीका का अध्यक्ष पदम बहादुर लामाले उद्धाटन गर्नुभएको थियो ।

साथै यस परियोजनाले सिमिकोट र नाम्खा गाउँपालीका अन्त्रगत पर्ने पर्यटन पदमार्गहरुको बाटो तथा काठेपुल मर्मत बिभिन्न ठाउँहरुमा नयाँ संकेत चिन्हहरु जडान गरेको छ । जसले गर्दा आगामि दिनहरुमा यस क्षेत्रमा आउने पर्यटकहरुलाई पदमार्गमा यात्रा गर्न सहज हुने देखिन्छ भने साथै यो करीब करीब साढे दुइ बर्ष बेरोजगार भएर बसेका पर्यटन क्षेत्रका मजदुर हरुलाई राहत पुग्ने देखिन्छ ।

यस्तो प्रकारको कार्यक्रमले आगामि दिनहरुमा निरन्तरता पायो भने कोरोना बाट प्रभाबित पर्यटन क्षेत्रका मजदुर हरुलाई ठूलो राहत मिल्ने र भत्केको पदमार्गहरु समेत मर्मत गरी पर्यटकको आवागमन लाई सहजहुने हुँदा यस्तो प्रकारको कार्यक्रमहरु लाई निरन्तरता दिनु पर्नेमा गाउँपालीका अध्यक्ष पदम बहादुर लामाले जोड दिनु भयो ।

अहिले को यो कार्यक्रम बाट कोरोना बाट प्रभाबित पर्यटन क्षेत्रका मजदुर हरुलाई ठूलो राहत मिलेको यस कार्यक्रमका सुपरभाईजर रिन्जिन लामाले बताउनु भयो ।


Facebook Comment


No ads found for this position