पर्यटन ब्यबसायी शेर्पाले नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदमा उमेदवारी दिने

प्रख्यात पर्यटन ब्यबसायी आङछिरिङ शेर्पाले नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदमा उमेदवारी दिने बताएका छन् । नेपाली काग्रेस सोलुखुम्बुका नेता समेत रहेका आङछिरिङ शेर्पाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको घुमफिर डठकमलाई बताए ।
पर्यटन ब्यबसायी एव नेता शेर्पाले भने विगत लामो समय देखि नेपाल कागेसमा क्रियाशिल रहेर जिल्ला तथा पर्यटन क्षेत्रमा काम गरीरहेका छु अब केन्द्रीय कार्यसमितिमा रहेर संगठन निर्माण गर्ने योजना रहेको बताए । उनले भने कांग्रेसलाई देशको पहिलो पार्टी बनाउन आफु लागि पर्ने बताउदै भने देशको समृद्धीको आधार बनाउने पार्टी पनी नेपाली काग्रेस नै रहेको दावी गरे ।
कम्युनिस्टहरूले देश चलाउन सक्दैनन , उनले भने गएको चुनावका दुईतिहाइ बहुमत पाउँदा पनि उनीहरुले देश चलाउन नसकेको कारण अहिले पनी नेपाली काग्रेको विकल्प नरहेको बताए । हाम्रो मात्र भएर भएन राम्रो नेता आउनका लागि पनी आफुले नेपाली काग्रेसको केन्द्रिय सदस्य पदमा उमेदवारी दिन लागेको बताए । नेता शेर्पाले महाधिवेशन प्रतिनिधिहरूलाई म जसरी पर्यटन क्षेत्रमा सफल भए अब नेपाली काँग्रेसको नेतृत्व तहमा रहेर सफल बनाउनका लागि पनी मतदान गर्न अनुरोध गरे ।
क्रियाशिल सयौँ पर्यटन व्यवसायीहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका नेताले शेर्पाले भने देशको समृद्धीको आधार पर्यटन क्षेत्र रहेको हो । यो क्षेत्रको लामो अनुभव भएका कारण पनी महाधिवेशन प्रतिनिधीहरुले यस्को मुल्याकन गर्नेमा आफु ढुक्क रहेको बताए ।


Facebook Comment


No ads found for this position