७० वर्षसम्म पनि साइपाल हिमालको अझै सफल आरोहण हुन सकेन

बझाङ । हिमालसँग मानवसम्बन्ध जोडिएको ७० वर्षसम्म पनि ७,०३१ मिटर अग्लो साइपाल हिमालको अझै सफल आरोहण हुन सकेको छैन । साइपाल आरोहणका लागि २०७५ सालमा आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए ।

पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै पर्यटन व्यवसायीले २०७५ सालमा साइपाल हिमालको आरोहणका लागि पहल गरेका थिए । कात्तिकमा आरोहण हुने गरी तीन आरोहणदलबाट २० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका थिए । शेर्पा हिमालय अण्डर कम्पनीबाट आरोहणमा गएका चार शेर्पा र दुईजना स्पेनका आरोही पाँच हजार ५०० मिटरसम्म पुगेर फर्केको शेर्पा पथप्रदर्शक पेछुम्बे शेर्पाले बताए ।

उनले भने, ‘प्राविधिकरुपमा कठिन हिमाल रहेछ त्यसैले हाम्रो तयारी कम भएर फिर्ता हुन बाध्य भयौँ ।’ आरोही सक्षम भए आरोहण सफल हुने उनको विश्वास छ । शेर्पा गाइडले एक हजार २०० मिटर डोरी टाँगेर बाटो बनाए पनि स्थानीय चार महिला र अन्य आरोहीले जान नसक्ने भनेपछि पहिलो आरोहण सफल नभएको शेर्पाले बताए ।

सक्षम आरोहीको समूहले अल्पाइन आरोहण (डोरीबिना चड्ने) गर्ने हो भने आरोहण सफल हुने गाइडले अनुभव गरेका छन् । पश्चिम क्षेत्रमा १०० बढी हिमाल पहिचान गरी आरोहणका लागि खुला गरिए पनि अझै आरोहण हुन सकेको छैन ।

त्यसैले आरोहण हुन नसकेका हिमालको आरोहण सफल बनाउन पर्यटन विभागले सहयोग गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ । विभागले आरोहण हुन नसकेका हिमालको आधार शिविरसम्म पुग्ने बाटो, भौतिक संरचना निर्माण र प्रचारप्रसार गरी आरोहीलाई आकर्षित गर्नुपर्ने साइपाल हिमाल आरोहण दलका बेसक्याम्प मेनेजर भोजराज भट्टको भनाइ छ ।

सरकारले पश्चिम क्षेत्रमा पर्यटन विकास गर्ने लक्ष्यसाथ २० वर्षसम्म त्यस क्षेत्रका हिमाल आरोहणमा रोयल्टी निःशुल्क गरे पनि आरोहण हुन सकेको थिएन । केही वर्षदेखि पर्यटन विभागले रोयल्टी लिन सुरू गरेको पर्यटन विभागले जानकारी दिएको छ ।

सुदूरपश्चिमका हिमालबाट विभागले २०७५ सालसम्मको तथ्याङ्कमा चार लाख ८१ हजार राजश्व सङ्कलन गरेको छ । सरकारले पहिचान गरी आरोहणका लागि खुला गरेका ४०३ हिमालमध्ये मुख्य आकर्षक हिमालमा साइपाल पर्ने साइपाल हिमाल आरोहण गर्न गएका आरोहीको भनाइ छ । पश्चिम क्षेत्रमा करिब डेढ सय हिमाल छन् तर, आरोहण हुन नसकेको भन्दै यसका लागि तीनै तहका सरकारले विशेष प्याकेज नै ल्याएर आरोहण विस्तार गर्नुपर्ने उनको सुझाव छ ।

स्थानीयबासीले सुदूरपश्चिममै पहिलो आरोहण हुन लागेको भन्दै पछिल्लो पटक गएका पर्वतारोहीलाई बझाङको सदरमुकाम चैनपुरमा स्वागत गरेका थिए । आरोहण दलका सदस्य र स्थानीयसहित ३७ को टोली आधारशिविरतर्फ गएको थियो । आरोहण दलमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढिसकेका आरोही डा जर्ज र एडुर्ने पासावन रहेका थिए


Facebook Comment


No ads found for this position