हिउँले ढपक्क गोसाईकुण्ड (फोटो फिचर)

धार्मिक रुपले मात्र होईन रसुवको गोसाईकुण्ड प्राकृतिक सुन्दरताले पनी भरीपूर्ण छ । गोसाईकुण्ड केन्द्रीय राजधानीदेखि नजिकै भएर पनि सहजै पुग्न सकिदैन तर केही समय यता अहिले हिउँदको समय पनी गोसाईकुण्ड सहज भएको छ । बिभिन्न हेलीकप्टर कम्पनी तथा टाभल कम्पनीहरुले हेली टुर प्याकेज बनाएका कारण गोसाईकुण्ड सहज भएको हो ।
विशेष गरी आन्तरिक पर्यटकको रोजाईमा रहेको स्थानलाई लक्षीत गरेर बिभिन्न टाभलकम्पनीहरुले प्याकेज ल्याएका छन् ।
। अहिले प्रतिव्यक्ति गोसाईकुण्ड हेलीमा जानका लागि १९ हजार देखि माथि रहेको छ । प्रत्येक उडानमा ५ जना रहने गरि व्यवस्था रहेको छ । केही कम्पनीहरुले त यदि एकमुष्ट पैसा दिन नसक्नेका लागि प्रति महिना १ हजार ६ सय ५ रुपैया एक वर्षसम्म तिर्ने गरि ब्यवस्थापन गरेका छन् । अहिले विशेष गरी गोसाईकुण्डमा पारिवारीक तथा साथीभाइ मिलेर जानेको संख्या अत्याधिक छ। व्यक्तिगत रूपमा पनि मानिसहरू गोसाइकुण्ड जाने गरेका छन्। ।
काठमाडौंदेखि गोसाईकुण्डलगाएत अन्य कुनै पनि गन्तव्य हेलिमा गएका पर्यटकले ३० देखि ४५ मिनेट समय खर्चिन पाउनेछन्।
त्यस समयमा फोटो खिच्ने, दर्शन गर्ने समय पाउने ब्यबस्थापन रहकेो छ । तस्बिहरु : फोटोबैक नेपाल डटकम

 

 


Facebook Comment


No ads found for this position