हिउँले ढपक्क रारा (फोटो फिचर )

नेपालको अप्सरा उपनामले परिचित रारा ताल हिउँदको यो मौसममा हिउँले छोपिएर झनै स्वर्गीय बनेकी छन्।
आन्तिरक पर्यटकको प्रमुख रोजाईमा रहेको रारा ताल अहिले हिउँले ढपक्क ढाकेका कारण रारा ताल स्वर्ग एक टुक्रा जस्तो देखिएको छ ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्यमध्येको एक हो । हिँउले राराक्षेत्र कपासले छोपिएजस्तो देखिएको छ ।
तालसँगै वरपरको वन सेताम्मे बनेको छ । घुम्न आएका आन्तरिक पर्यटक, निकुञ्जका कर्मचारी, गुल्ममा कार्यरत सेनाका जवानहरू हिउँ खेलेर रमाउँदै छन् ।राराताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो ।
यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १० दशमलब ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३दशमलब २ किलोमिटर छ भने गहिराई १सय ६७ मिटर छ ।प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
तस्बिरहरु : photobanknepal.com