हिउँले सेताम्य शैलुङ्ग (फाेटाे फिचर )

रामेछाप र दोलखाको संगमस्थल शैलुङ्गमा अहिले हिउँले सेताम्य भएकाे छ । करीब  २१ बर्षपछि भारी शैलुङ्गमा हिमपात भएको हाे ।  हिमपात भएसँगै शैलुङ्ग क्षेत्रमा घुम्न  अान्तरीक पर्यटककाे अागमन पनी बढेकाे छ भने हिउँका कारणा केही स्थानमा सवारी साधन बन्द भएको छ । हिउको कारण जनजीवन समेत प्रभावित भएपनी शैलुङ्ग क्षेत्रका किसानहरु भने उत्साहित भएका छन् । शैलुङ्ग पर्यटन क्षेत्रका अभियन्ता एवं स्थानीय दावा साङवु शेर्पाले हिमपातको कारण कृषकहरु उत्साहित भएको बताए । शैलुङ्ग क्षेत्र प्राकृतिक रुपमा मात्र सुन्दर नभएर धार्मिक स्थलका रुपमा पनि परिचित छ । यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेला जस्ता चाडमा धेरै भक्तजन तथा दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ ।

किम्बदन्तीका अनुसार धेरै वर्ष पहिले यहाँ सयौँ ऋषि मुनिहरूले तपस्या गर्ने क्रममा कलियुग शुरु हुन लागेपछि कसैको पाप देख्न नपरोस् भनेर तपस्या गरिरहेकै स्थानमा विलिन भएका थिए र त्यहि स्थानमा थुम्काहरू उत्पन्न भएको भन्ने कथन रहेको छ ।

नेपालमा घामको पहिलो किरण गौरीशंकर हिमालमा पर्दछ, त्यसपछि मात्रै अन्य स्थानहरूमा किरण छरिदै जान्छ । प्रख्यात गायिका  कुन्ती मोक्तानले गाउनु भएको “माथि–माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई” गीतले याे क्षेत्रका प्रचार प्रसारमा उल्लेखिनय भुमीका रहेकाे छ ।

शैलुङ्गको थुम्काहरूमा दुई जिल्लाको हक लाग्दछ । शैलुङ्गको सबैभन्दा अग्लो टाकुरा आधा दोलखामा पर्दछ भने आधा रामेछाप तर्फ पर्दछ । रामेछापबाट जाँदा दोरम्बा हुँदै उकालो लाग्नु पर्दछ ।


Facebook Comment


No ads found for this position