सत्ता गठबन्धनको निर्णय : चुनावमा तालमेल गर्ने, तल्लो तहसम्मै संयन्त्र बनाउने

काठमाडौं । सत्ता गठबन्धनको बैठकले आगामी चुनावमा सरकारमै रहेका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । त्यसका लागि प्रदेश, जिल्ला र स्थानीय तहसम्मै संयन्त्र बनाउने निर्णय पनि भएको छ ।

प्रधानमन्त्री शेरबहादुर रभारत भ्रमणमा जानुअघि बिहीबार बिहान बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । बैठकले आगामी चुनावलाई लक्षित गरी प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा पार्टीका सम्बन्धित तहका प्रमुखहरु सम्मिलित छुट्टाछुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । ‘तत्कालै गठबन्धन दलको संयन्त्र बन्छ,’ उनले भने, ‘आगामी निर्वाचनमा हामी राष्ट्रिय सभा सदस्यको निर्वाचनमा जस्तै एक ठाउँ उभिएर चुनाव लड्छौं ।’

क्षेत्रहरुमा गठबन्धनको अवस्था कस्तो छ, हुन्छ भन्नेबारे विस्तृतमा प्रतिवेदन तयार गरेर केन्द्रमा पठाउन चैत २२ गतेसम्मको समयसीमा दिइएको छ । देशभरबाट प्रतिवेदन आइसकेपछि कहाँ कसरी तालमेल गर्ने भनेर निर्णय गरिने उनले बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणका बारेमा जानकारी गराएका थिए । सञ्चारमन्त्री कार्कीका अनुसार गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका गरेका छन् ।


Facebook Comment


No ads found for this position