कर्णाली प्रदेश अस्पताल परिसरमा भेटियो टाउको विनाको शव

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेत परिसरमा टाउकोविनाको शिशुको शव फेला परेको छ। शनिबार बिहान करिब ७ बजेतिर टाउको विनाको शिशुको शव भेटिएको हो ।

टाउको बिनाको शिशुको शव एउटा कुकुरले टोकेर अस्पताल वरिपरि घुमाइरहेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । त्यो शिशुको शव कसको हो र कुकुरले कहाँ भेटायो भन्ने खुलेको छैन ।

अस्पतालमा बिरामीको कुरुवा बसेका सुर्खेत वीरेन्द्रनगरका हरि कँडेलले फोटो खिचेर फेसबुकमा हालेपछि अहिले हल्ली चल्ली नै मच्चिएको छ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।


Facebook Comment


No ads found for this position