दिल्लीमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा देउवा र मोदीबीच भेटवार्ता भएको हो ।
मोदी र देउवाले केहीबेरमा संयुक्त रूपमा जयनगर–जनकपुर रेलसेवा र सोलु करिडोरको भर्चुअल रुपमा उद्घाटन गर्ने छन्। उदघाटनका लागि जनकपुरमा रेललाई फूलले विशेष रुपमा सिंगारिएको छ ।
देउवा र मोदीबीच विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम पनि छ। शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफ्नो भ्रमणका क्रममा उर्जा, यातायतलगायत विषयमा महत्वपूर्ण घोषणा हुने बताएका थिए।