भरत तालमा बाेट सवार गर्दा ( भिडियाे )

सर्लाहीस्थित मानव निर्मित भरत तालमा दिन प्रतिदिन आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नगरपालिका–१२ मा निर्माण गरिएको १ सय २१ विघा क्षेत्रफल रहेको छ भरत ताल । चुरेकै काखमा रहेको उक्त तालमा बिभिन्न खालका बोटहरु समेत संचालनमा ल्याएपछी आन्तरिक पर्यटकको आगमन बृद्धी भएको हो । तालमा बोट सवार गर्दा समन्द्रमा सवार गरेको जस्तै अनुभुति हुनुका साथै तालको वरीपरी रहेको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटरबोटले पर्यटकको मन लोभ्याउने गरेको छ ।
अहिले तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने दिन प्रतिदिन बढ्दै गएको छ । तालमा आन्तरिक पर्यटकको आगमन बृद्धी भएसगै तालको वरिपरि खाजाघरहरु धमाधम निर्माण तथा संचालन समेत भईसकेको छ । तालमा बोट सवार गर्नेहरुका लागि पर्यटकले रु दुई सय टिकट लिनु पर्ने व्यवस्था रहको छ ।

भिडियाेमा हेर्दा भरत ताल

 


Facebook Comment


No ads found for this position