मलेसियाविरुद्ध नेपालको सानदार जित, दीपेन्द्रको शतक

काठमाडौं । त्रिकोणात्मक टी–२० शृंखला अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीको शतक सानदार रह्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्रले अविजित ११० रन बनाए । नेपालले दिएको २२३ रनको लक्ष्य पछ्याएको मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो ।

नेपाल, मलेसिया र पपुवा न्यूगिनी सम्मिलित शृंखलामा नेपालले यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको छ । नेपााल अपराजित रहँदै शीर्षस्थानमा रहन सफल भएको छ ।

मलेसिया पराजित हुँदा पपुवा न्यूगिनी दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ । । अब नेपालले फाइनलमा पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्नेछ ।


Facebook Comment


No ads found for this position