सार्वजनिक र मालवाहक गाडीको भाडा बढ्यो

काठमाडौं। सरकारले यातायात व्यवसायीहरुको माग बमोजिम लामो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा बढाएको छ । अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १० देखि १५ प्रतिशतसम्म बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार तराईमा चल्ने मालवाहक सवारी साधनमा १५ प्रतिशत, पहाडमा चल्ने मालवाहक सवारी साधनमा १३ प्रतिशत सार्वजनिक गाडीहरुमा १० प्रतिशतको दरले गाडी भाडा बढाइएको छ ।

इन्धनको मूल्यमा भएको वृद्धिका कारण गाडी भाडा पनि बढाउनु परेको विभागले जनाएको छ । बढेको भाडा चैत २० गतेदेखि लागू हुने छ ।

हेर्नुहोस् कहाँ जान कति लाग्छ भाडा ?


Facebook Comment


No ads found for this position