कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर एमाले छाडेर नेकपा एसमा प्रवेश

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी (नेकपा एस)मा प्रवेश गरेका छन् ।

आइतबार बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई पार्टी प्रवेश गराए ।

मेयर चन्दले एमालेले आफूहरुलाई अपमानित गरेकाले विद्रोह गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको बताए । उनले एमाले नसुध्रिएसम्म एकता र सहकार्यका लागि वार्ता नगर्न अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिएका थिए ।

२०५६ मा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमाले राजनीतिमा लागेका उनी युवा संघका केन्द्रीय सचिवसमेत भइसकेका छन् । एमाले र माओवादी एकीकरणपछि चन्द प्रदेश कमिटी सदस्य भएका थिए ।


Facebook Comment


No ads found for this position