कैलालीको गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गृहकार्य शुरु

काठमाडौं। कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने गृहकार्य शुरु भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन एक समिति गठन गरेको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. टोकराज पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल सदस्य सचिव तथा पर्यटन बोर्डका निर्देशक हिक्मतसिंह ऐर, नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर निलविक्रम थापा र विशेषज्ञका तर्फबाट सुरेन्द्र बोहरा सदस्य छन् ।

उक्त समितिले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थलगत अध्ययन गर्ने तथा सो क्षेत्रका स्थानीयवासी, नागरिक समाजलगायतसँग छलफल र परामर्श गरी प्रतिवेदन तयार पार्ने छ । समितिलाई १५ दिन भित्र मन्त्रालयमा प्रतिवेदन बुझाउन भनिएको छ ।


Facebook Comment


No ads found for this position