भारतमा फेला परे ढुंगाका ‘रहस्यमयी’ घ्याम्पा

काठमाडौं । अनुसन्धानकर्ताहरूले भारतको आसाममा ढुंगाले बनेका विशाल घ्याम्पाहरु फेला पारेका छन् । त्यसलाई अनुसन्धानकर्ताहरुले ‘रहस्यमयी घ्याम्पा’ भनेका छन् ।

यी घ्याम्पाहरु प्राचीन समयमा अन्तिम संस्कारमा प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ ।

बीबीसीका अनुसार आसामको उत्तरपूर्वी राज्यका विभिन्न चारवटा स्थानहरुमा ६५ वटा घ्याम्पाहरु फेला परेका छन् । कुनै अग्ला र बेलना आकारका छन् । कुनै जमिनमाथि र कुनै जमिन मुनि माटोमा गाडिएको अवस्थामा फेला परेका छन् ।

आसाममा खोज अनुसन्धानमा संलग्न अष्ट्रेलियन नेशनल युनिभर्सिटीका एकजना अनुसन्धानकर्ता निकोलस स्कोपालका अनुसार ती घ्याम्पाहरु कसले बनाए भन्ने खुलेको छैन । त्यो पत्ता लगाउन उत्खनन् गर्ने र विस्तृत अध्ययन गर्ने उनको भनाइ छ । यी घ्याम्पाहरु ईसापूर्व ४०० तिरको हुनसक्ने अनुमान छ ।

यस्तै खालका वस्तु विगतमा लाओस र इन्डोनेसियामा पनि भेटिएका थिए ।


Facebook Comment


No ads found for this position