कानुन मन्त्रीमा गोविन्द बन्दी नियुक्त, बडुलाई उद्योग

काठमाडौं । वरिष्ठ अधिवक्ता गोविन्द प्रसाद शर्मा कोइराला (बन्दी) कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त हुनु भएको छ ।

यसअघि कानुन मन्त्रालय सम्हाल्दै आएका दिलेन्द्र प्रसाद बडुलाई भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्रीमा नियुक्त गरेर शपथ ग्रहण गराउनु भएको छ । शर्माले आजै पदभार ग्रहण गरिसक्नु भएको छ ।

एकीकृत समाजवादीको कोटाबाट मन्त्री बन्नु भएका शर्मा गैरसांसद हुनुहुन्छ । सांसद नभएकाले उहाँ ६ महिनासम्म मन्त्री हुन पाउनु हुने छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा त्यसविरुद्ध कानुनी लडाइँ लड्न सहयोग गरेकाले सत्ता गठबन्धनले उहाँलाई मन्त्री बनाएर पुरस्कृत गरेको चर्चा छ । उहाँले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित पारित गराउन पनि भूमिका खेल्नु भएको थियो ।


Facebook Comment


No ads found for this position