गोर्खाभर्ती र हाम्रो सार्वभौमिकता

प्राचीन कालदेखि नै नेपाल सर्वभौम सत्तासम्पन्न राष्ट्र रहँदै आएको बारे दुई मत छैन । तर सत्ताका लोभी नेपालका तत्कालीन श्री ३ राणा शासक र भारतीय भुमिमा शासन गरिरहेका वृटिस शासकहरुको बीचमा नेपालीहरूकोे प्रतिष्ठामा आघात पूग्ने गरी मानव वेचविखनको मौखिक लेनदेन गरी वृटिसका गल्लाहरू नेपालको गाउँ गाउँमा गएर अशिक्षित किसान यूवाहरुलाई श्री ३ महाराजको हुकुम भन्दै मानव तस्करी गरी विना तलब वृटिस सेनामा लगेको राष्ट्रघाती इतिहास अहिलेसम्म जीवितै छ । परिणामस्वरुप आज नेपाल आफ्नो अस्तित्वको निर्णय आफै गर्न नसक्ने अवस्थामा पुगेको छ ।

गैरसैनिक नेपालीहरुलाई प्रथम र दोश्रो विश्व युद्ध लगायत विभिन्न युद्धहरुमा मानव ढाल बनाई यूद्धमा होमी, जातीय नरसंहार गरिएका ८० हजारभन्दा बढी नेपालीहरुको अवस्था वारे आफ्ना नागरिक बेची पठाउने नेपाल सरकारले चासोसम्म देखाउँदैन भने वृटिसले सार्वजनिक समेत गरेको छैन । यसले गर्दा हामीले आफ्नो जातीय संस्कार अनुसारका काज किरियासम्म गर्न पाएका छैनौं । बेलायती सेनाका भूपू सैनिकहरुको संगठन गेसोले यस मुद्दालाई बारम्बार उठाइरहेको छ तर न नेपाल सरकार न त बेलायत सरकार नै यस आवाजलाई सुन्न चाहन्छन् ।

युद्धमा मारिएका तिनै पूर्खाहरुको चिर शान्ति तथा सम्झनामा स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका १, साल्मेडाँडामा २०७० असार ९ गतेदेखि इन्जिनियर शंकरनाथ रिमालज्यूको डिजाइनमा गेसोको करोडौको खर्चमा विश्वकै अद्वितीय नेपालको राष्ट्यि गौरव तथा विश्वको पनि सरोकारको विषय रहेको वहुउद्देश्यीय समाधिस्थल निर्माणको काम सुरु भएको कुरा तपाईंहरुलाई विदितै छ ।

यो अति महत्वपूर्ण परियोजना इन्जिनियर रिमालज्यूको डिजाइन अनुसार सम्पन्न भयो भने वृटिसले नेपालमाथि गरेका जघन्य अपराधका षडयन्त्रहरू विश्व सामु छताछुल्ल भएर वृटिसले विश्वयुद्ध जितेको इतिहास नै यूटर्न हुने भएकोले वृटिसको आदेशमा नेपाल सरकारले योजनामाथि डाँका शैलीमा ठाडो अतिक्रमण गरी सम्पूर्ण संरचना विगारिदिएर योजनालाई औचित्यहीन बनाइदिएको छ ।

श्री ३ राणा शासकहरुले हुकुमी आदेश दिएर वृटिसलाई बेच्ने गरेका नेपालीहरुलाई राणापछिका नेपालका शासकहरुले खुलेआम नेपाली भुमिमा यूवा तस्करी गर्ने गैरकानुनी वृटिस सैनिक क्याम्प राख्ने अनुमति दिएर यूगौदेखि सार्वभौम सत्तासम्पन्न रहँदै आएको नेपालको सार्वभौम भूमिको अस्तित्व नेपाल सरकार आफैले समाप्त पारिदिएको छ ।

सार्वभौम भूमि भनेको जन्म दिने आमाभन्दा पनि माथिको धर्तीमाता हो । आफ्नो धर्तीमाताको छातीमाथि टेकेर वृटिस सैनिक बुटले धुलो उडाउँदै कवज खेल्न पाउने अनुमति दिएर सरकारमा वस्नेहरुले कुन नैतिक्ताको आधारमा आफुलाई सार्वभौम राष्ट्रको संवैधानिक शासक हौं भन्ने ?

वृटिसले नेपालीहरुलाई भारतीय सेना, वृटिस सेना, सिंगापूर र ब्रुनाई गरी एउटै राष्ट्रका नागरिक एउटै  वावुआमाका छोराहरूलाई चार राष्ट्को सैनिक जस्तो यूद्ध लड्ने पेशामा विभाजन गरिदिएर नेपाललाई विश्वको बिचित्रको देश बनाइदिएको छ ।

भारतीय सेनाका नेपालीहरुले आफ्नो मातृभूमिलाई त्यागेर भारतीय सार्वभौम भूमिको रक्षा गर्छु भनेर कसम खाने, वृटिस सेनाका नेपालीहरुलाई वृटिसको सार्वभौम सत्ताप्रति वफादार रहेर सेवा गर्छु भनी कसम खाने र सिंगापूर र ब्रुनाईका नेपालीहरुले पनि यसै गरी कसम खानुपर्ने बनाइदिएर एउटै देशका नागरिकलाई वहु राष्ट्रियताप्रति वफादार वनाइदिएका छन् र अखण्ड नेपाललाई विखण्डन गरिदिर नेपाललाई कमजोर राष्ट् बनाइ दिएको छ ।

नेपालीहरुलाई विश्वको नजरमा रोजगारीको लागि आफ्नो स्वाभिमानलाई पनि त्याग्न पछि नपर्ने कमजोर राष्ट्रका नैतिकहीन नागरिक बनाइएको छ । नेपालका शासकहरु  स्वय आफ्ना नागरिकको अवस्थाबारे कुनै चिन्ता नभएका, जनता बेच्ने र शक्तिका सामु लम्पसार पर्ने अस्तित्वहीन राष्ट्रको नैतिकहीन जत्थामा परिणत भएको देखिन्छ ।

वृटिस सेनाका नेपालीहरू प्रथम विश्व युद्धदेखि अहिलेसम्म पनि मध्यपूर्व लगायत विश्वका विभिन्न देशहरुमा युूद्ध लडिरहेका छन् । जुन देशसंग नेपालीहरु वृटिसका वहादुर गोरखा वनेर युद्ध लडिरहेका छन् ती सवै देशसंग नेपालको कुटनीतिक सम्वन्ध रहेको छ । तर तिनै देशको सार्वभौम सत्ताका विरुद्ध आफ्ना नागरिकलाई लड्न पठाएर नेपाल सरकारले आफ्नो असंलग्न परराष्ट्र नीतिको धज्जी उडाइदिएको छ । असंलग्न परराष्ट्र नीति नेपालको लागि देखाउने दाँत मात्रै भएको छ । मित्रराष्ट्रका सेना मार्न पठाउने मुलुक नेपालले असंलग्न परराष्टर्् नितीको कुरा गर्न  मिल्छ त ?

भारतीय सेनाका नेपालीहरुलाई छिमेकी राष्ट्र चीनसंग युद्ध लडाइसकेको छ । अर्कोतिर नेपाली नागरिक भारतीय सेना भएर पाकिस्तानसंग लडिरहेका छन् । अव पनि नेपालीहरु रोजगारीको नाममा भारतको वहादुर गोरखा बनेर चीनको सार्वभौम भूमिमा यूद्ध लड्न गए भने चीनले नेपाललाई छिमेकी राष्ट्र भनेर माया गर्नु पर्ने कुनै कारण छ ? युक्रेनको घटनाबाट नेपालले पाठ  सिक्नु पर्दछ । पदम बाहादुरले भर्ति रोक्न खोज्यो यसलाई मार्नु पर्छ भन्नुको कुनै अर्थ छैन । केही ब्यक्तिको रोजगारीको लागी देश र जनतालाई भड्खालोमा जाक्न पाईदैन ।

दुई विशाल छिमेकी राष्ट्को बीचमा रहेको नेपालले एक छिमेकी राष्ट्रको सैनिक सेवामा आफ्ना नागरिक पठाएर अर्को छिमेकी राष्ट्रसंग यूद्ध लड्न पठाउन मिल्छ ? यो नेपाल सरकारको छिमेकी राष्ट्र चीनप्रतिको आफ्नो नीति हो कि वृृटिसको नीति हो ?

नेपाली भूमिबाट युवा तस्करी गर्ने वृटिस सैनिक क्याम्प नहटाएसम्म नेपालको सार्वभौमिक सत्ताको अस्तित्व रहने छैन । नेपाल सरकारको वैधानिक माथि पनि प्रश्न उठ्छ । बृटिशले विभिन्न युद्धहरुमा नरसंहार गरी वेपत्ता  पारिएका हजारौं नेपालीहरूको क्षतिपूति दिएको छैन ।  क्षतिपूर्ति हाम्रो माग होइन अधिकार हो । अकारण मारिएका नेपालीले क्षतिपूर्ति पाउनुपर्ने होइन ? नेपाली भूमिमा वृटिस सैनिक क्याम्प राखेर नेपालीहरुको प्रतिष्ठामाथि पूर्याएको अपूर्णिय क्षतिको क्षतिपूर्ति लिएर मात्र वृटिस सैनिक क्याम्प हटाउन नेपाल सरकारको नाममा परमादेश जारी गरिपाऊँ भनी नेपाली जनताको आस्थाको केन्द्र सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाँदा रजिष्ट्रार हाकिम साहेबको जवाफ थियो र्– त्रिपक्षीय सन्धिले गर्दा दर्ता गर्न मिल्दैन ।’

कथित त्रिपक्षीय सन्धि गरी नेपाली भूमि वृटिसलाई सुम्पिदिने अधिकार नेपाल, भारत र वृटिसले कहाँबाट पाए ? सन्धि गरेर नेपाली सार्वभौम भूमिको अस्तित्व वृटिसलाई वेचेको हो भने, सत्ता स्वार्थको लागि देश र जनतालाई बन्धकमा राख्ने जनताको नाममा लुट मच्चाउने नैतिकहीन सरकार हामीलाई किन चाहियो ? देश र जनताको रक्षा सेना र प्रहरी बाहेक अरु कसैले गरेको छैन । तसर्थ सेना र प्रहरी भए नेपाली जनतालाई पर्याप्त हुन्छ । आफ्ना नागरिकको अवस्थाको चिन्ता नगर्ने सरकार के का लागि चाहियो ?

त्रिपक्षीय सन्धि गरेर नेपालीहरुको सार्वभौम अधिकार वृटिसलाई सुम्पिदिएको हो भने नेपालको संविधानको सम्बैधानिक हैसियत के हुन्छ ? यो नेपालको मात्र आन्तरिक मामला होइन, विश्व समुदायको पनि सरोकारको विषय हो । नेपालीहरुले वृटिसको  आदेशमा विश्वका कैयौं  मित्र राष्ट्हरुका हजारौं प्रजातन्त्र सेनानी मारेका छन् , हजारौ निदोष नागरिक मारिएका छन् र हजारौं महिलामाथि ज्यादति गरेका छन् । गोरखाहरुका कारणले कतिपय मुलुकका योद्धाहरुले युद्ध हारेका छन् । अहिले पनि नेपालीहरु विभिन्न मुलुकमा यूद्ध लडिरहेका छन् ।

सर्वोच्च अदालतका कर्मचरीले मुद्दा दर्ता नगरे पनि हाम्रो राष्ट्रिय स्वाभिमान फिर्ता गर्ने अभियान रोकिदैन । अन्तिम फैसला वृटिस अदालत वा हेगवाट हुनु पर्दछ । हामीले मुद्दा जित्ने हाम्रो अचुक प्रमाण हुन वृटिस सेनाका नेपालीहरु । यी नेपालीहरुलार्इृ वृटिसको वैधानिक सेना वनाउनको लागि नेपाल वृटिसको उपनिवेश भएको हुनु पर्दछ कि त उनीहरु ब्रिटिश नागरिक भएको हुनुपर्दछ ।

यसवाहेक सन्धि सम्मmौता गरेर वा नेपाल र वेलायतको संसदले पारित गरेर पनि नेपालीहरुलाई विदेशी सैनिक सेवामा राख्नु वैधानिक हुन सक्दैन । किनभने यो पेशा श्रम होइन । एक देशका नागरिक दोश्रो देशको सैनिक सेवामा गएर तेश्रो राष्ट्रको विरुद्ध यूद्ध लड्ने घोर आपत्तिजनक पेशा हो । गैर सैनिकलाई युद्धमा प्रयोग गर्न पाइदैन, गरेमा युद्ध अपराध हुन्छ । यो विश्वको सर्वमान्य सिद्धान्त हो ।

नेपालीहरुलाई अवैधानिक किसिमले प्रथम विश्व युद्धदेखि अहिलेसम्म युद्धभूमिमा लड्न पठाएर मार्नु युद्ध अपराध हो । यो जातीय नरसंहार पनि हो । वृटिस सरकारमाथि यही अभियोग लाग्छ । र, यसको फैसला हेगबाट मात्र हुनुपर्दछ ।

विश्वले मानव अधिकार र प्रजातन्त्रको जननी भनी मानि आएको बेलायती सांसदले नेपाली शासहकहरुको सत्ताका लागि जे पनि गर्न पछि नहट्ने स्वभावको फाइदा उठाएर आफु समानको हैसियत भएको राष्ट् नेपाल र नेपाली जनतामाथि यस्तो अत्याचारपूर्ण दुब्यवहार गर्नु वृटिस सरकारको नैतिक्ताले सुहाउने कुरा हा ? यसलाई बुँदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ ।

१) नेपालको संविधान विपरित नेपाली भुमिमा वृटिस सैनिक क्याम्प राखेर नेपाली सर्वाभौमिक्ता माथि अतिक्रमण गरिरहेको छ । ऐतिहासिक कालदेखि नै कसैको उपनिवेश नरहेको एक सार्वभौम सत्ता सम्पन्न, संयूक्त राष्ट् संघको सदस्य रहेको मुलुक नेपालमा वेलायत सैनिक क्याम्प राख्ने छुट कसरी पायो ?

२) नेपालीहरुलाई तस्करी गरि वृटिस सेनामा लगी उस्को रङ्गको आधारमा छुटै एन कानून बनाएर सेवा गर्नु पर्ने वृटिस सार्वभौमिकत प्रति वफदारी रहेर उसले पाउने तलब भत्ता र सुविधाहरु भने नेपालको जीवन स्तर हेरी दिने गरेको छ । वेलायतले आफ्ना राष्ट् सेवक सैनिकहरुलाई उसको जातियताको आधारमा यस्तो भेद भाव गर्न हुन्छ । के यसवाट वृटिस संसद जातिवादी ठहरिदैन ?

३) नेपालीहरुलाई विभिन्न यूद्धहरुमा होमी यूद्ध जितेर विश्वमा साम्राज्य कायम गर्न सफल भएपछि यूद्धहरुमा नरसंहार गरिएको ८० हजार भन्दा बढी नेपालीहरुको अवस्था वारे अहिलेसम्म सार्वजनिक नगर्नुको कारण को हो ?

४) नेपालीहरुलाई भारतीय सेना, वृटिस सेना , सिंगापूर र ब्रुनाई गरि एउटै राष्ट्का नागरिक एउटै वावुआमाको छोराहरुलाई चार राष्ट्को सैनिक जस्तो यूद्ध लड्ने पेशामा विभाजन गरि दिएर नेपाललाई विश्वको विचित्रको देश बनाई दिनुको कारण के हो ?

५) वृटिस सेनाका गैर सैनिक नेपालीहरुलाई प्रथम विश्व यूद्ध देखि अहिलेसम्म विश्वमा नेपाल संग कुटनीतिक सम्बन्ध रहेको मित्र राष्ट्हरुको  सार्वभौमिक्ता भूमिमा वृटिसको वहादुर गोरखा बनाएर यूद्ध लडाई नेपाल सरकारलाई नैतिकहीन वनाई दिनुको पछाडी वृटिस शासकहरुको के स्वार्थ लुकेको छ ?

६ )नेपाली नागरिकहरुको विश्वमा यूद्ध लड्ने सैनिक हैसियत के हो ? वृटिस सेनाको सैनिक हैसियतमा यूद्ध लडेका हुन भने नेपली नागरिक कसरी वृटिस सैनिक हुन सक्दछन् ?

७) गैर सैनिक नेपाली नागरिकहरुलाई यूद्धमा प्रयोग गर्न पाइदैन भन्ने कुरा वृटिस शासकलाई थाहा नहुने कुरै भएन । यसरी गैर सैनिक नेपालीहरुलाई यूद्धमा होमी हत्या गर्नु जातिय नरसंहार हो कि होइन ?

८) भारतीय सेनाका नेपालीहरुलाई नेपालको छिमेकी राष्ट् चीनसंग यूद्ध लडाएर नेपाल र नेपाली जनता सुरक्षित रहन सक्दछन् ? यो नेपाल सरकारको आफ्नो नीतिहो भन्ने कुरा त हामी सपनामा कल्पना सम्म गर्न सक्दैनौ । नेपालीलाई यस्तो धरापमा राख्नुको पछाडी वृटिसको स्वार्थ के हो ?

९) नेपाली नागरिकलार्र्ई वहु राष्टर््िय सेनामा पठाई नेपालीहरुको मस्तिष्कलाई वहु राष्टर््ियता प्रति वफादारी बनाईदिएर अखण्ड नेपाललाई विखण्डन गरि दिनुको कारण के हो ?

१०) नेपाली भूमिमा वृटिस सैनिक शासक वसेर नेपालीहरुलाई वहु राष्टर््िय सेनामा पठाई वृटिसले मानव ब्यापार गरिरहेको स्थितिमा नेपाल सार्वभौम सत्ता सम्पन्न राष्ट् हो कि वृटिसको उपनिवेश हो ? यो विश्वसंग सरोकारको विषय भएकोले नेपाल र वृटिस शासकहरुको अधिकारिक भनाई सार्वजनिक हुनु पर्दछ ।

११) नेपालको यहि समस्या समाधान गर्न नेपालको सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न जादा  वृटिस  दूतानवासको दबाबमा रिट दर्ता गर्न मानेन् किन ? नेपालको यो अवस्थाको सम्पूर्ण जिम्मा वृटिसले लिनु पर्दछ ।

अतः यो कुनै वर्ग वा जाति विशेषको मामला नभै नेपालीहरुको सर्वाभौम अधिकारसंग सम्बन्ध रहेको सिंगो नेपालीहरुको अस्तित्वको मामला भएकोले यो राष्ट्रिय स्वाधिनताको शान्टिपूर्ण कानूनी तथा वैचारिक लडाईमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजूभाइ तथा दिदी वहिनीहरुमा एक जुट हुन सादर निवेदन गर्दछु ।

– पदम बहादुर गुरुङ, संस्थापक सभापति, गेसो


Facebook Comment


No ads found for this position