नेपाल बार एशोसिएशनमा एमाले निल, यी हुन् विजयी उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनको संघारमा भएको नेपाल बार एशोसिएशनको निर्वाचनमा नेकपा एमाले निल भएको छ । एशोसिएशनका सबै पदहरुमा कांग्रेस–माओवादी गठबन्धनले क्लिनस्वीप गरेपछि एमाले निल भएको हो ।

एशोसिएशनको २६ औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनबाट नेपाली कांग्रेस सम्बद्ध अधिवक्ता गोपालकृष्ण घिमिरे अत्यधिक मतसहित विजयी हुनु भएको छ । आज सार्वजनिक अन्तिम परिणाम अनुसार घिमिरेले ४ हजार ४७४ मत पाउँदै अध्यक्षमा निर्वाचित हुनु भएको हो । घिमिरेका प्रतिस्पर्धी एमालेका विष्णुमणि अधिकारीले २ हजार ४८२ मत पाउनुभयो ।

यसैगरी महासचिवमा माओवादी केन्द्र निकट अन्जिता खनाल ३ हजार ६८२ मतसहित विजयी हुनु भएको छ । उहाँको प्रतिस्पर्धी केदार प्रसाद कोइरालाले २ हजार ९८९ मत पाउनु भयो ।

कोषाध्यक्षमा भरतबहादुर राउत ४ हजार ३६ मतसहित विजयी हुँदा उहाँको निकटतम प्रतिस्पर्धी जगत बहादुर कार्कीले २ हजार ८१८ मत पाउनुभएको छ ।

यस्तै उपाध्यक्ष प्रदेश १ मा सुरज खत्री, मधेस प्रदेशमा सुधीर कुमार कर्ण, बागमती प्रदेशमा हर्क बहादुर रावल, गण्डकी प्रदेशमा वीरेन्द्र केसी, लुम्बिनी प्रदेशमा पशुपति भण्डारी, कर्णाली प्रदेशमा उत्तम कुमार आचार्य र सुदूरपश्चिम प्रदेशमा तुलाराम गिरी विजयी हुनुभएको छ ।

केन्द्रीय सदस्यहरुमा विनिता नेपाली, किरण कुमारी शाह, नरेश कुमार शाह, नारायण दास राई, रुपबहादुर सारु, सीता पौड्याल, शर्मिला थापा विष्ट, जीतेन्द्रबहादुर मडै, भरतकुमार लकाइ, देवी प्रसाद कोइराला, निर्भयराज पौडेल, सन्तोष कुमार राउत, गुणराज आचार्य र सन्तोष तिवारी विजयी भएको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिनुभयो ।


Facebook Comment


No ads found for this position