बुद्ध एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट

बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुध्द एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा छुटको प्याकेज ल्याएको छ।

बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र प्रयोग गरे मात्र अन्नपूर्ण केबलकार यो सुविधा उपलब्ध हुने बुद्ध एयरले जानकारी दिएको छ।

बुद्ध एयर काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दैै आएको छ। त्यसैगरि धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ।

नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ। यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रुहरु यो योजनाबाट लाभान्वित हुनेछन्।

बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुई वटा बीचक्राफ्ट जहाज छन्।


Facebook Comment


No ads found for this position