पर्यटन क्षेत्रमा योगदान पुराएका भरतबन्धु जनसेवा श्री पदकबाट विभूषित

घुमफिर डटकमका संस्थापक तथा फोटोग्राफर भरतबन्धु थापालाई नेपालका पर्यटन क्षेत्रमा योगदान पुराएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ।

सातौं संविधान दिवसको अवसरमा नेपाल सरकारले थापालाई जनसेवाश्री पदक प्रदान गरेको हो। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पदक हस्तान्तरण गरिन्।

दैलेखको कट्टी मनघर जन्मेका भरतबन्धु थापाले हालसम्म नेपाललाई तसिबर मार्फत चिनाउनका लागि ५ वटा पुस्तक प्रकाशन भईसकको छन् । उनलेका पछिल्लो पुस्तक तस्बिरमा नेपाल नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको थियो । विगत दुई दशक देखि तस्बिर कैद गर्दै आएका भरतबन्धु मुलुक छिचोलेका फोटोग्राफरका रुपमा परिचित रहेका छन् ।

उनले नेपाललाई विश्वमाझ चिनानउका लागिफोटोबैकनेपाल डटकम www.photobanknepal.com समेत संचालन गरेका छन् ।

 

 


Facebook Comment


No ads found for this position