पर्यटकीय नगरी पोखरामा दिउँसै अन्धकार

पोखरा । पर्यटकीय नगरी पोखरामा हावाहुरीसहित पानी पर्दा दिउँसै अन्धकारजस्तो भएको छ । आज दिउँसो तीन बजेदेखि हावाहुरीसहित पानी परिरहेको छ । दिउँसै अन्धकार भएपछि स्थानीयको दैनिकी प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित पानी परेको छ । पोखरामा यस्तो हुनु सामान्य मानिन्छ । यसअघि २०७८ वैशाख, २०७६ वैशाख, २०७५ चैत, २०७४ साल र २०६७ वैशाखमा पनि पोखरामा यस्तै अँध्यारो भएको स्थानीय बताउँछन् ।

पोखराका व्यवस्त सडकमा सवारी साधनहरु बत्ती बालेर गुडिरहेका छन् । धेरैजसो सवारी साधन र पैदल यात्रु त पानी रोकिने आशमा बाटोमै रोकिएका छन् । यद्यपि बढ्दो गर्मीमा पानी परेर शीतल महसुस हुँदा केही राहत भने मिलेको छ ।

पश्चिम नेपालको तराई क्षेत्रका धेरैजसो स्थानमा अधिकतम तापक्रम बढेर चालीस डिग्री भन्दा माथि पुगेर मौसमविदहरुले लु लाग्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका थिए । पोखरामा भने पछिल्लो २४ घण्टामा अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ ।


Facebook Comment


No ads found for this position