पर्यटन क्षेत्रबाट मार्चसम्म १४ अर्ब ४९ करोड रुपैयाँ आम्दानी

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी कम हुँदै जाँदा पर्यटक आगमनमा केही सुधार देखिएको छ । यसबाट पर्यटनका माध्यमबाट मुलुकले गर्ने आयमा समेत सुधार हुँदै गएको तथ्यांकले देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार सन् २०२२ को मार्चसम्म पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा दोब्बरले बढी हो । सो वर्ष ७ अर्ब २६ करोड रुपैयाँ मात्र पर्यटन क्षेत्रका माध्यमबाट आय भएको थियो ।

तथ्यांक अनुसार सन् २०२२ को पहिलो तीन महिनामा पर्यटक आगमन ७८ हजार ७ सय ४७ पुगेको छ । कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष पर्यटक आगमन नराम्रोसँग प्रभावित बनेको थियो । सन् २०२१ को पहिलो तीन महिनामा ३२ हजार ९ सय ९७ जना मात्र पर्यटक नेपाल आएका थिए । यो आंकडामा क्रमशः सुधार हुँदै जाँदा पर्यटन आयमा समेत सकारात्मक संकेत देखिन थालेको हो ।


Facebook Comment


No ads found for this position