सत्ता गठबन्धनले सातै प्रदेशमा चुनावीसभा गर्ने

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सात प्रदेशका धनगढी र सुर्खेतमा वैशाख १८ गते, बुटवल र पोखरामा वैशाख १९ गते, विराटनगर र जनकपुरमा वैशाख २० गते तथा काठमाडौंमा वैशाख २२ गते चुनावीसभा गर्ने निर्णय गरेको छ ।

चुनावीसभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी छ जना शीर्ष नेताले सम्बोधन गर्ने संयन्त्रका सदस्य–सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।


Facebook Comment


No ads found for this position