केकी अधिकारीले रोहितसँग गरिन् बिहे

काठमाडौं । अभिनेत्री केकी अधिकारीले आज बिवाह गरेकी छन् । रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी केकीले पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा बिहे गरेकी हुन् ।

रोहित पेसाले एक व्यवसायी हुन् । केकीले बिहेका तस्वीरसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरेकी छन् ।

तस्वीर सार्वजनिक गर्दै केकीले नयाँ अध्याय सुरु गरेको बताएकी छन् र आजको दिनसम्म कलाकारको रुपमा दिएको माया, सदभाव र समर्थनप्रति सबैमा आभार प्रकट गरेकी छन् ।

उनले लेखेकी छन्– आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित छु।जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ।

–केकी–रोहित

 

 


Facebook Comment


No ads found for this position