यी हुन् ‘केजिएफ-२’ ले बनाएका २९ नयाँ रेकर्ड

केजिएफ- २ फिल्मका बारेमा अहिले केही भनिरहनै पर्दैन, नेपाल र भारतका सिनेमा हलहरूमा यसले धूम मच्चाइरहेको छ। रिलिज भएको एक साता नपुग्दै फिल्मले विश्वव्यापी रूपमा झन्डै सात सय करोड भारू कमाइसकेको छ।

रिलिज भएको दिनदेखि नै अघिल्ला भारतीय फिल्महरूको रेकर्ड तोड्दै आएको केजिएफ-२ ले मुख्य रूपमा अहिलेसम्म २९ वटा नयाँ रेकर्ड आफ्नो नाममा गरिसकेको छ।

मूल रूपमा कन्नड भाषामा बनेको यो फिल्म प्रशान्त नीलको निर्देशनमा बनेको हो। यसमा यश, श्रीनिधी सेट्टी, सञ्जय दत्त र रविना टन्डनलाई मुख्य भूमिकामा देख्न सकिन्छ।

केजिएफ-२ ले रिलिजको पहिलो सप्ताहन्तमै पाँच सय ४० करोड भारू कमाएको थियो। भारतीय फिल्म समीक्षकहरूका अनुसार यो चाँडै एक हजार करोडको क्लबमा सामेल हुने छाँट देखिएको छ।

केजिएफ-२ ले स्यान्डलवुड (चन्दनवना) भनेर चिनिने कन्नड फिल्म उद्योगलाई भारतीय मूलका फिल्म हेर्ने दर्शकमाझ पनि चिनाउन सफल भएको छ। अहिले स्यान्डलवुड उद्योगको इतिहासलाई ‘केजिएफ पूर्व’ र ‘केजिएफ पश्चात’ भनेर दुई युगमा बाँडेर हेर्न थालिएको छ।

‘राक्षस’ का रूपमा देखिएका केजिएफ-२ का रकी (यश) का प्रशंसक कति बढिसके, यसको त लेखाजोखा नै छैन। उनलाई अहिले बक्सअफिसका राक्षस समेत भनिन थालिएको छ।

हिन्दी भाषामै यसले ‘बाहुबली-१’, ‘दंगल’, ‘सञ्जु’ जस्ता थुप्रै फिल्मले बनाएका रेकर्ड तोड्न सफल भएको छ।

केजिएफ-२ ले अहिलेसम्म पुराना तोड्दै र नयाँ बनाउँदै २९ वटा रेकर्डमा आफ्नो नाम लेखाइसकेको छ।

हेर्नुहोस् केजिएफ-२ ले बनाएका २९ रेकर्डः 

१. रिलिजका दिन सबभन्दा धेरै कमाउने हिन्दी फिल्म

२. पहिलो सप्ताहन्तमा सबभन्दा धेरै कमाउने हिन्दी फिल्म

३. एक दिनमा सबभन्दा धेरै कमाउने हिन्दी फिल्म

४. रिलिजको दोस्रो दिन सबभन्दा धेरै कमाउने हिन्दी फिल्म

५. रिलिजको पहिलो आइतबार सबभन्दा धेरै कमाउने हिन्दी फिल्म

६. रिलिजको चौथो दिन सबभन्दा धेरै कमाउने हिन्दी फिल्म

७. कर्नाटकामा रिलिजका दिन सबभन्दा धेरै कमाउने फिल्म

८. कर्नाटकामा पहिलो सप्ताहन्तमा सबभन्दा धेरै कमाउने फिल्म

९. कर्नाटकामा रिलिजको दोस्रो दिन सबभन्दा धेरै कमाउने फिल्म

१०. कर्नाटकामा रिलिजको तेस्रो दिन सबभन्दा धेरै कमाउने फिल्म

११. कर्नाटकामा रिलिजको चौथो दिन सबभन्दा धेरै कमाउने फिल्म

१२. कर्नाटकामा रिलिजको पहिलो आइतबार सबभन्दा धेरै कमाउने फिल्म

१३. कर्नाटकामा एक दिनमा सबभन्दा धेरै कमाउने फिल्म

१४. केरलामा रिलिजका दिन सबभन्दा धेरै कमाउने फिल्म

१५. केरलामा रिलिजको पहिलो सप्ताहन्तमा सबभन्दा धेरै कमाउने फिल्म

१६. केरलामा रिलिजको दोस्रो दिन सबभन्दा धेरै कमाउने फिल्म

१७. केरलामा रिलिजको तेस्रो दिन सबभन्दा धेरै कमाउने फिल्म

१८. केरलामा रिलिजको चौथो दिन सबभन्दा धेरै कमाउने फिल्म

१९. केरलामा एक दिनमा सबभन्दा धेरै कमाउने फिल्म

२०. केरलामा रिलिजको पहिलो आइतबार सबभन्दा धेरै कमाउने फिल्म

२१. आन्ध्र प्रदेश/तेलंगनामा रिलिजका दिन सबभन्दा धेरै कमाउने गैर टलिउड फिल्म

२२. आन्ध्र प्रदेश/तेलंगनामा रिलिजको पहिलो सप्ताहन्तमा सबभन्दा धेरै कमाउने गैर टलिउड फिल्म

२३. आन्ध्र प्रदेश/तेलंगनामा रिलिजको दोस्रो दिन सबभन्दा धेरै कमाउने गैर टलिउड फिल्म

२४. आन्ध्र प्रदेश/तेलंगनामा रिलिजको तेस्रो दिन सबभन्दा धेरै कमाउने गैर टलिउड फिल्म

२५. आन्ध्र प्रदेश/तेलंगनामा रिलिजको चौथो दिन सबभन्दा धेरै कमाउने गैर टलिउड फिल्म

२६. आन्ध्र प्रदेश/तेलंगनामा रिलिजको पहिलो आइतबार सबभन्दा धेरै कमाउने गैर टलिउड फिल्म

२७. आन्ध्र प्रदेश/तेलंगनामा एक दिनमा सबभन्दा धेरै कमाउने गैर टलिउड फिल्म

२८. भारतमा आइम्याक्समा सप्ताहन्तमा सबभन्दा धेरै कमाउने फिल्म

२९. हालसम्म सबभन्दा धेरै कमाउने कन्नड फिल्म।


Facebook Comment


No ads found for this position