दृष्टिविहीन आरोही अमिटलाई सरकारले सगरमाथा चढ्न रोयल्टी छुट दिने

वैशाख, काठमाडौं । नेपाल सरकारले दृष्टिविहिन सगरमाथा आरोही अमिट केसीलाई सगरमाथा चढ्न रोयल्टी छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को २४ चैतको निर्णय अनुसार रोयल्टी रकम छूट दिई १० लाख रुपैयाँ सहयोग समेत गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

बागलुङ जिल्ला जैमिनी नगरपालिकाका केसीले यसै सिजनमा सगरमाथा चढ्ने भएका छन् । उनले सगरमाथा आरोहण सफलतापूर्वक गरेमा फरक क्षमता -दृष्टिविहीन) भएका नेपाली नागरिकका रुपमा सगरमाथा चढ्ने कीर्तिमान कायम हुने छ ।


Facebook Comment


No ads found for this position