” केजिएफः च्याप्टर २” ले आरआरआरको व्यापारलाई उछिन्ने

दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ ले १५ दिनमा एक हजार करोड भारु हाराहारी कमाएको छ। छोटो समयमै विश्वव्यापी रुपमा ‘केजिएफ २’ एक हजार करोड कमाउने फिल्म बनेको हो।

यसअघि एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ ले पनि एक हजार करोड कमाउन सफल भएको थियो। चैत्र ११ गतेबाट प्रदर्शन भएको आरआरआरले हालसम्म १२ सय करोडभन्दा बढि कमाइ गरेको छ। तर, प्रशान्त नीलले निर्देशन गरेको फिल्म केजिएफ २ ले भने आरआरआरको भन्दा राम्रो प्रदर्शन गरिरहेको छ।

‘केजिएफ २’ ले दोस्रो सातामा पनि दिनमै ३० करोड भारु माथि व्यापार गरिरहेको छ। त्यसैले केजिएफले आरआरआरको व्यापारलाई उछिन्ने देखिन्छ।

‘केजिएफ २’ ले केही दिनमै आरआरआरको लाइफ टाइम व्यापारलाई पार गर्ने भारतीय संचार माध्यम इन्डिया टु डेमा पनि उल्लेख गरिएको छ।

बजेटको हिसाबले हर्ने हो भने, केजिएफ १०० करोड भारुमा बनेको फिल्म हो। भने आरआरआरको ४५० करोड लागत रहेको छ।

‘आरआरआर’ भन्दा केजिएफ ठूलो हिट फिल्म हो किनभने यसले १५ दिनमै ९०० करोड भारु नाफा कमाएको छ।

‘केजिएफः च्याप्टर २’ पिरियड ड्रामा सन् २०१८ मा प्रदर्शनमा आएको ‘केजिएफ’ को सिक्वेल हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्।


Facebook Comment


No ads found for this position