कोरना महामारी पछि सबै भन्दा बढी पर्यटकको आगमन

वैशाख, काठमाडौं । नेपामला कोरना महामारी पछि सबै भन्दा बढी पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार कोराना महामारी पछी पर्यटकको आगमन सबैभन्दा बढी भएको बताएको हो । बोर्डले मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए भने अप्रिल महिनामा पर्यटक आगमन ५८ हजार ३८४ पुगेको बताएको छ ।

सन् २०२२ मा कुन महिनामा कति पर्यटक आए 

जनवरी :१६९७५
फेब्रुअरी : १९७६६
मार्च : ४२००६
अप्रिल :५८३८४
बोर्डका अनुसार यस महिनामा भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक आएका छन् । चीनबाट भने मात्र २८१ जना नेपाल आएका छन् । बंगलादेशबाट १५३७ जना पर्यटक नेपाल आएको तथ्यांक छ । यो महिनामा अमेरिकाबाट ६ हजार ९५४ जना पर्यटक आएका छन् । बेलायतबाट ५ हजार २५२ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।


Facebook Comment


No ads found for this position