काठमाडौं–जनकपुर रुटमा श्री एयरलाइन्सले पुनः सुरु गर्‍यो उडान

असार, काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं–जनकपुर रुटमा पुनः उडान सुरु गरेको छ । कम्पनीका अनुसार बुधबारदेखि दैनिक उडान हुने गरी यो रुटमा जहाज चलाउन थालिएको हो ।

काठमाडौंबाट १२ः३५ मा उड्ने जहाज जनकपुरबाट १ः३० मा काठमाडौं प्रस्थान गर्ने भएको छ । यसअघि यो रुटमा बुद्धले नियमित उडान गरिरहेको छ ।

जनकपुरमा श्रीले कोभिड-१९ महामारी अगाडि नियमित उडान थालेको थियो । तर, त्यसपछि भने उडान स्थगित गरेको थियो ।


Facebook Comment


No ads found for this position