बडीमालीका : धर्तीका स्वर्ग (फाेटाे फिचर)

भरत बिक्रम शाह
धर्तीका स्वर्गका रुपले प्रख्यात रहेको छ बडीमालीका । समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडीमाली मन्दिर क्षेत्र सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल र पाटनभरी फुलेको रगीविरगी फुलहरुले सजीएका हुनछ् बडीमालीका फाँटहरु ।
बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरु हुन । बडिमालिकामा प्रत्येक वर्ष जनैपूणिर्मा दिन ठूलो मेला लाग्छ । यही मेला पारेर मेरो दोस्रो यात्रा हो बडीमालीका । बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ । बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।
बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरुलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरु त्यहीँ बास बस्ने गर्छन । तर मेलाका समयमा भक्तजनका लागि बनाएको धर्मशालामा बास बस्ने स्थानको अभाव हुने गर्दछ । यही भएर भक्तजनहरुले आफ्नो जोहो आफै गर्नु पर्ने हुन्छ ।
जनैपूणिर्माको दिनमा स्वदेश र भारत बाट दर्शनाथि आउने गरेका छन । बडिमालिकामा अछाम, बाजुरा र कालिकोटका जिल्ला भएर बडिमालिका जाने गरिन्छ ।


बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन भने दुईसय प्रजातीका रँगीचँगी फूलहरु, एक सय बढी जातीका बहुमूल्य जडिबुटिहरु रहेको भन्ने स्थानियको विश्वास रहेको छ । तर यस्को उचित अध्ययन अनुसन्धान हुन बाँकीरहेको छ । हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन्। बडीमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन्।
नजिकै देखिने सुन्दर हिमाल,मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन्। बडीमालीकाको सौन्दर्य भनेकै पाटनका रंगीविरंगी फूलहरू कुहिरोका थुम्काहरु र विशाल फाँटहरू हुन्। तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन्। यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको स्थानियको गुनासो छ।
बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ।
पाटनहरूमा चर्दै गरेका भेडा,बाख्रा,भैंसी आदी जनावरहरूले यहाँको शोभा बढाएको हुन्छ। त्यस्तै गोठालाहरू र यात्रीहरूको मुखबाट गुन्जिने सुरिला देउडा भाकाले झनै यस ठाउँको सौन्दर्यता बढाउछ यती हुँदाहुँदै पनि यो ठाउँ पर्यटकिय केन्द्र विन्दु बन्न सकिरहेको छैन्। यसको थप प्रचार प्रसार गरेर नेपालको पर्यटकीय स्थलको रूपमा चिनाउन आवश्यक रहेका छ । तस्बिर भरतबन्धु थापा, भरत बिक्रम शाह

बढीमालीका क्षेत्रलाई संरक्षीत क्षेत्र घोषणा गर्नु पर्यो

अमर खड्का
नगर प्रमुख,बडीमालीका नगरपालीका, बाजुरा
बडीमालीका आउने भक्तजन तथा पर्यटकहरुलाई सबैभन्दा ठुलो समस्या भनेको बास बस्ने हो । बडीमालीका जुन क्षेत्र बाट गएपनी दुई रात बास बस्ने स्थानको अलकि समस्या रहेको छ । बास बस्नका लागि की आफै ब्यबस्थापन गर्नु पर्ने हुन्छ भने कि त खर्कममा गाई बस्तु चरन चर्नका लागि बनाएको बास बस्नेहरुले बनाएको स्थानमा बास बस्नु पर्ने अवस्था रहेको छ । यही कुरालाई मध्य नजर गदै अहिले हामी बडीमालीका सग जोडीएका स्थानिय तहहरुले होम स्टेको कसरी ब्यबस्थापन गर्ने भनेर तयारी गरीरहेका छौ ।

अहिले छलफल गरीरहका छौ केही न केही गर्छौ , तर हामीले गरेर मात्र सकिने अवस्था छैन यस्का लागि राज्यले पनी केही पहल गरिदिनु पर्यो । हाीले पैदल यात्रा सुरु गरेपश्चात सात घण्टामा बास बस्ने घरहरुल अथवा धर्मशालाहरु ब्नाउने योजना रहेको छ । यस्का लागि छलफल भईरहेको छ । बाटोहरु पनी निकै असजह खालका रहेका छन्् यीनीहरको पनी सुधार गर्ने योजना रहेको छ ।

बडीमालीका बिषयमा राज्यले पहिले नितिगत रुपमा संरक्षीत क्षेत्र घोषणा गरिदियोस भनेर हामीले माग पनी गरेका छौ । अहिले संरक्षीत क्षेत्र नहुदा यहाका जडीबुडी तथा बन्यजन्तुको शिकार हुने अवस्था रहेको पटक पटक पाएको छ । यस्का लागि पनी राज्यले सोचीदिनु पर्यो । राज्यले अन्य स्थानमा गरेको जस्तै हामीहरुल पनी समिति तथा संरक्षीत क्षेृत्र के बनाउनदा सहज हुन्छ बनाई दिएको भए हुन्थीयो भन्ने स्थानिय तहको माग रहकेो छ ।

 


Facebook Comment


No ads found for this position